चिया बेचेरै करोडपति बनिन् विमला दिदी, गरे के हुँदैन नेपालमा ? (भिडियो)

मनिषा थापा

पिएनपिखबर : पुरानो बानेश्वरमा एउटा चिया पसल छ। जहाँ चिया खानेहरुको एक किसिमको लर्को नै लाग्ने गर्छ। पसल समान्य भए पनि बस्नका लागि १५/२० वटा बाँसका टुलहरु छन् ।

उक्त चिया पसल विमला भण्डारीको हो जुन विमला दिदिको नामबाट प्रख्यात छ। पुरानो बानेश्वरमा मिठो चिया पाउने ठाउँ भन्यो भने अधिकांशले चिनिहाल्छन् ।

कुनै समय ५०० रुपैयाबाट थालेको यो पसलमा अहिले दैनिक ७००० त लगानी नै लाग्ने उनी  बताउँछिन् । त्यही चिया पसलबाट उनले अहिले काठमाडौँमा घर समेत् जोड्न सफल भएकी छिन्।

उनले दुध चिया २० रुपैयामा बेच्छिन। उनीबाट जागर भए सानै कामबाट पनि ठुलो आम्दानी गर्न सकिने पाठ सिक्न सकिन्छ। बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू