चिसोमा खोकीले सताएको छ, घरमै तयार पार्नुहोस कफ सिरप

मनिषा थापा

चिसोको मौसम छ कतै खोकी लगेर र सताएको छैन धेरै जसो हाम्रो खोकी लागि हालेमा हामीले फार्मेसी देखि कफ सिरप किनेर खाने चलन छ । यस्तो बढि निद्रा लगाउने कफ सिरप औषधि पसलबाटै खरीद गरेर खानुपर्छ भन्ने छैन ।

तपाइँ आफैले घरमै कफ सिरप बनाउन सक्नुहुन्छ । जसको कुनै साइड इफेक्ट पनि हुँदैन र तपाइँको खोकी पनि भगाइदिन्छ ।घरमै कफ सिरप बनाउनका लागि तपाइँलाई चाहिने कुराहरु हुन् अदुवा, मह, कागती ।

अदुवामा खोकी तथा चिसो भगाउने प्राकृतिक गुण नै हुन्छ । यसले यसले घाँटीभित्र हुने संक्रमणलाई पनि कम गर्छ । यसमा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ र एन्टी भाइरल तथा एन्टी ब्याक्टेरियल औषधिको काम गर्छ ।अदुवामा ओलेओरेसिन नामको एक यौगिक पाइन्छ जसले खोकी तथा चिसोको समस्या हटाउनमा लाभदायक हुन्छ ।मह पनि औषधिय गुणले युक्त हुन्छ । यसमा एन्टीअक्सिडेन्टका साथै जिवाणु प्रतिरोधी गुण हुन्छ र संक्रमणबाट बचाउने काम गर्दछ ।

त्यस्तै कागतीमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । एन्टीअक्सिडेन्टले भरिपूर्ण कागजतीले रोग प्रतिरोधी क्षमता बढाउने काम गर्दछ । त्यस्तै ग्लिसरिनले प्राकृतिक पि्रजर्भेटिभ अर्थात् संरक्षकको काम गर्दछ ।

कसरी बनाउने कफ सिरप ?
यसका लागि तपाइँलाई अदुवा, मह, दुइवटा कागती तथा पानी आवश्यक पर्दछ । सबैभनदा पहिले अदुवालाई सफा गरेर बोक्रा छिलेर टुक्रा टुक्रा पारेर काट्नुस् । एउटा कागती निचोरेर रस निकाल्नुहोस् । एउटा भाँडोमा एक कप पानी तताउनुहोस् । त्यसमा टुक्रा पारेको अलिकति अदुवा तथा आधा चम्चा कागतीको रस मिसाउनुहोस् ।

उक्त मिश्रणलाई पाँच मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि त्यसलाई छान्नुहोस् । छानेको उक्त घोलमा केही मह मिसाउनुहोस् । र हल्का तताउनुहोस् । त्यसपछि त्यसमा दुइवटा कागती निचोर्नुहोस् ।

उक्त मिश्रणलाई पुनः केही बेर पकाउनुहोस् र त्यसलाई उतारेर कुनै सिसा वा प्लास्टिकको भाँडोमा खन्याउनुहोस् । त्यसपछि उक्त पदार्थलाई तपाइँ रुघाखोकी तथा चिसो लागेको बेला खान सक्नुहुन्छ । यसले तपाइँको रुघाखोकी भगाउनेछ ।

प्रतिक्रिया