चिनियाँ नाकामा सहज प्रवेश दिन व्यवसायीको माग

मनिषा थापा

भक्तपुर : चिनियाँ राष्ट्रपति सी चिनफिङ दुई दिने भ्रमणका लागि शनिबार नेपाल आएका छन्। उनको भ्रमणकै क्रममा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले एक शनिबार विज्ञप्ति जारी गर्दै नेपालसँग जोडिएका चीनका विभिन्न नाकामा व्यवसायीलाई सहजरूपमा प्रवेश गर्न पाउनुपर्ने माग गरेको छ।

महासङ्घले चीनबाट नेपाल आउने सामान छुट्टाउनका लागि नाकासम्म पुग्न अस्थायी पासको व्यवस्था गर्न माग गरेको छ। अस्थायी पासको व्यवस्थासँगै सामान हराउने वा चोरी हुने क्रम रोकिने महासङ्घको ठहर छ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले व्यवसायीलाई मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने समेत जनाएका छन्। नेपालमा धेरै सामान चीनबाट आयात हुने भएकाले व्यवसायीलाई व्यवसाय गर्न सहज वातावरण बनाउनका लागि मल्टिपल भिसाको व्यवस्था गर्नुपर्ने उल्लेख गरेका हुन्। मल्टिपल भिसाको व्यवस्था भएमा व्यापार व्यवसायमा सहज हुने उनको भनाई छ।

प्रतिक्रिया