चुनाव प्रचारका क्रममा सनी देओलको गाडी दुर्घटना

रिता घिसिंग

एजेन्सी : भारतीय जनता पार्टीका लोकसभा उम्मेदवार तथा बलिउड अभिनेता सनी देओल दुर्घटनामा परेका छन् । चुनाव प्रचारप्रसारको क्रममा उनी चढेको गाडी दुर्घटना भएको हो । पंजाबको गुरदासपुरमा भाजपाको तर्फबाट उम्मेदवार रहेका सनीको गाडी सोमबार बिहान दुर्घटना भएको बताइएको छ । दुर्घटना भएको गाडीमा उनी सवार थिए वा थिएनन् भन्ने पुष्टि नभएको भारतीय मिडियाहरुले जनाएको छ । 

भारतमा लोकसभा निर्वाचन सुरु भएपछि उनी भाजपामा प्रवेश गरेका थिए । उनको क्षेत्रमा भने सातौं चरणमा निर्वाचन हुँदैछ । पार्टी प्रवेश गरेर उम्मेदवारी दर्ता गरेपछि उनी लगातार गुरदासपुरमा चुनाव प्रचारप्रसार गरिरहेका छन् । उनको प्रचारका लागि भाइ बबी देओल र पिता धर्मेन्द्र पनि गुरदासपुरमा घुमिरहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचारहरू