चुर्ण पुन मगरको “ज्यानै बचाऊन गार्हो भो मलेशियामा” सार्वजनिक (भिडियो सहित )

admin

काठमाडौँ, ११ मङ्सिर: सल्यानमा जन्मिएका चुर्ण पुन मगर, हाल बर्दियामा बसोबास गर्दै अाएकाछन् । रोजगारीको सिलसिलामा प्रवासमा रहेपनि सानै देखि गीत संगीत तथा साहित्य सिर्जना प्रति रुचि राख्ने सच्चा लेखक पनि हुन ।

साहित्य सिर्जनाका लहरहरु फेसबुक तथा टुइटरका भिट्टहरुमा सजाउदै अाएका पुनले, मगरहरुको पहिलो कृर्ति झोर्ले संयुक्त गजल संग्रहमा अाफ्नो शब्द राख्न सफल भएकाछन्,भने फुट्करमा धेरै कृर्तिहरुमा अाफ्नो शब्द राखिसकेका छन् ।साथै गीति लेखनमा पहिलो प्रयास “अाउ है सानू अनलाइन रोधीघर” बाट सुरु भएको यात्रा “पाखै भरि फुलेको प्याउलिको फुल” हुँदै यो पटक “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” भन्ने गीतको शब्द सिर्जना गरेकाहुन् ।

सुखल भट्टराई र सावित्रा रिमालको संयुक्त प्रस्तुतिमा बजारमा ल्याउनु भएको छ, लाखौं श्रमजीवी नेपाली दाजुभाई बाध्यताले मलेसियामा श्रम बेच्नु पर्ने यो अवस्थामा यहाँ कार्यरत हजारौं श्रमकले भोग्नु परेको सास्ती र चरम श्रम शोषणको उपज, एउटै अावाज बोल्ने “ज्यान बचाउन गाह्राे छ मलेसियामा” कारुणिक गीति संग्रह बजारमा ल्याउनु भएको हो ।

रोजगारीका लागि सबैको ध्यान केन्द्रित रहेको मलेसिया यतिबेला सबैले छिछि गरिरहेकाछन् ।लाखौंको संख्यामा मलेसियामा कार्यरत रहेका दाजुभाइ वर्षेनी सयौंको संख्यामा अकालमा ज्यान गुमाउनु परेको छ, भने कति कुटपिटमा परेकाछन् । मोबाइल गायब भएकाछन्, कसैको ज्यान समेत गुमाएका छन् । धेरैको यहीँ कथन छ ज्यान जोगाउन गाह्रो छ मलेसियामा ।

प्रियसी म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतमा सर्जक चुर्ण पुन मगर ले सम्पूर्ण परदेशीहरुका पिडालाई शब्दमा समेटेर जनचेतनामूलक सन्देश दिने कोसिस गरेकाछन् । भने गायक सुखल भट्टराई र गायिका सिर्जना हुमगाइको आवाजमा सजिएको यस गीतमा लय सावित्रा रिमालले भरेकाछन् । सहयोगी पात्रहरूमा, गोमा मगर/हिरु अाले मगर/बबिता मोक्तान रहेकाछन् ।रमा थपलिया र बुद्धि वीर थापाको अभिनय रहेको छ । निर्देशनमा बबिता श्रेष्ठ छिन् भने छायाङकनमा मुकेश हुमगाइको महत्त्वपूर्ण भुमिका रहेको छ ।
भिडियो हेर्नुहोस :

प्रतिक्रिया