चौथो चरणको फुटबल प्रतियोगिता आज सकिँदै

शर्मिला गुरुङ

काठमाडौँ, १२ मङ्सिर : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत चौथो चरणको दुई खेल आज सम्पन्न हुँदैछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने आज पहिलो खेलमा हिमालयन शेर्पा र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसअघि भएका खेलमा हिमालयन शेर्पा तीन खेलबाट सात अङ्कसहित अङ्क तालीकाको पाँचौ स्थानमा छ । एक खेलमा पराजित भएको हिमालयन शेर्पाले दुई खेलमा जित निकालेको थियो । यता एक खेलमा पराजित भएको मच्छिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । मच्छिन्द्र दुई अङ्कसहित तालीकाको ११आँै स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली लिगको पुछारका टोली हुन् । अहिलेसम्म खेलको सबै खेलमा पराजित दुवै टोली अङ्कविहीन छन् । जावलाखेल लिगको १३आँै र फ्रेण्ड्स १४औँ स्थानमा छ । यसैबीच आज दुई खेलपछि चौँथो चरणका खेल सकिँदैछ । पाँचौ चरणका खेल यही मङ्सिर १४ गतेदेखि हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । रासस

प्रतिक्रिया