च्याउ खाउँ क्यान्सरबाट बचौँ

मनिषा थापा

एजेन्सी : च्याउलाई पराल कुहाएर उमार्ने गरिन्छ । यसैकारण पनि च्याउ जुनसुकै समयमा सजिलै बजारमा पाउन सकिन्छ । खानलाई निकै स्वादिलो हुने भएकाले यसलाई प्रायः मानिसले रुचाउने गर्छन् ।

स्वाद मात्र नभएर च्याउले हाम्रो स्वास्थ्यलाई पनि लाभ गर्दछ । च्याउमा पाइने एन्टिअक्सिडेन्टले क्यान्सर लाग्न दिँदैन । यसै गरी च्याउमा प्रशस्त मात्रामा पाइने ‘सेलेनियम’ नामको खनिज पदार्थ पाइन्छ । यसले कलेजोको काममा सहयोग पुर्याएर क्यान्सरजन्य पदार्थलाई शरीरबाट निस्कासन गर्न मद्दत गर्छ । यस्तै यसमा पाइने सेलेनियमले रोगप्रतिरोगी क्षमता वृद्धि गर्न पनि सहयोग गर्छ । च्याउमा पाइने ‘फोलेट’ नामक भिटामिनले शरीरमा वंशाणु तहमा हुने काममा मद्दत गर्दछ ।

यसले शरीरलाई ‘भिटामिन डी’ प्रदान गर्छ । च्याउमा केही मात्रामा ‘आइरन’ पनि पाइन्छ, जसले हाम्रो शरीरको सोस्न सक्ने क्षमतालाई बढाउँछ । तसर्थ च्याउको सेवनबाट रक्तअल्पता भएका व्यक्तिलाई फाइदा पुग्छ । च्याउमा प्राकृतिक रुपमै ‘इन्सुलिन’ पाइन्छ । चिल्लो पदार्थ र कलेस्टेरोल नहुने भएकाले चिनीरोगीका लागि च्याउ उपयुक्त आहार मानिन्छ । यसमा पाइने ‘बिटा ग्लुकान’ नामक तत्वले रगतमा ग्लुकोलेस्टेरोलको मात्रा कम गर्न मद्दत गर्ने अनुसन्धानहरुले देखाएका छन् ।

यसमा पोटासियम धेरै पाइने र सोडियम थोरै पाइने भएकाले मुटुरोग र रक्तचापका बिरामीका लागि यो निकै उपयोगी हुन्छ । च्याउमा हाम्रो शरीरमा आवश्यक पर्ने ‘फाइबर’ पनि पाइन्छ । ढुसी प्रजातिमा पाइने फाइबर (बिटा ग्लुकान र काइटिन) ले भोक कम लगाउन मद्दत गर्छ । यस्तै च्याउमा उच्च प्रोटिन र कम कोलेस्टेरोल हुने भएकाले मोटोपना भएका व्यक्तिका लागि च्याउ उपयुक्त खानेकुरा हुन सक्छ।

प्रतिक्रिया