च्याउ खाएर एकै परिवारका तीन जना बिरामी

राष्ट्रिय समाचार समिति

चितवन, ५ साउन: जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् । बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ती नैजनाले आज बिहान जङ्गली च्याउ पकाएर खाएका थिए । बिरामी परेका उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ

प्रतिक्रिया