छवि-शिल्पाविरुद्ध जेठी श्रीमतीले लगाइन बहुविवाहको मुद्धा

मनिषा थापा

पिएनपिखबर : नायिका शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसा गरेको आरोप लगाउँदै उजुरी दिएसँगै अहिले सामाजिक संजालभर चर्चाको विषय बनेको छ। अभिनेत्री शिल्पाले छबिसँग कुनै पनि हालतमा बस्न नसक्ने भन्दै सम्बन्धविच्छेदको प्रकिया अगाडी बढाएकी छिन्।

यसैबीच छविको पहिलो श्रीमती हेमा ओझाले श्रीमान छवि ओझा र उनकी कान्छी श्रीमती शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मुद्दा दर्ता गरेको खबर बाहिरिएको छ। उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् । छविकी पहिलो श्रीमतीबाट दुई सन्तान छन।

प्रतिक्रिया