छोरीको न्याय माग्दा प्रहरीबाटै निर्घात कुटिईन आमा

शर्मिला गुरुङ

पिएनपिखबर, भक्तपुर : पछिल्लो समय देख्दै र सुन्दै कहाली लाग्दो हत्या हिंसा जस्ता जघन्य अपराधहरु दिन प्रतिदिन बढिरहेको छ। कतै आफैले जन्म दिएको छोरा छोरीद्वारा बुबाआमाको हत्या, कतै श्रीमानद्वारा नै श्रीमतीको हत्या त कतै आफैले नौ-नौ महिनासम्म आफ्नो कोखमा राखेर जन्म दिएको आफ्नै मुटुको टुक्रा छोराछोरीको हत्या। यस्ता घटनाहरु मध्ये कुनै घटनामा सत्य तथ्य बाहिर आएर पीडितले छिट्टै न्याय पाएका छन भने कतै वर्षौसम्म अनुसन्धान लम्बिए पनि अन्तमा न्याय नपाएका घटनाहरु पनि छन्।

त्यस्तै घटना काठमाडौँको बालाजुमा पनि घटेको छ। आफ्नी छोरीको हत्या भयो भन्दै न्याय माग्दा उल्टै पीडित पक्ष नै प्रहरीबाट निर्मम कुटिएको छ।

स्थायी घर सिन्धुली भएकी कुन्जी माया तामाङ आफ्ना छोराछोरीको उज्ज्वल भविष्यकै लागि भनेर काठमाडौँको त्रिपुरेश्वर सुकुम्बासी टोलमा सानो टहरो बनाएर श्रीमानसहित बस्दै आएकी थिइन्। उनि खेतीपातीको समयमा आफ्नो गाउँ सिन्धुली जाने र काम सकेपछि काठमाडौँ नै आएर ज्याला मजदुरी गरेर आफ्नो दैनिक चलाइरहेकी थिइन्। छोराछोरीहरु पढ्दै थिए।

दु:ख गरेर भए पनि उनीहरु खुशी नै थिए। उनीहरु परिवारमा खुशी छन् भन्ने कुरा उनीहरुको कोठाको भित्तामा झुन्ड्याईएको फोटोले बताईरहेको थियो । तर उनीहरुको खुशी भगवानलाई पनि असहाय भएछ । उनीहरुको खुशी एकाएक दुखमा परिणत भयो। उनीहरुको खुशीको अंश दैवले खोसेर लग्यो। उनीहरुको माइली छोरी जेनी तामाङको हत्या भयो।

अघिल्लो दिन अर्थात असार २९ गते उनीहरु स-परिवार दक्षिण काली गएर आएका थिए। त्यहि दिन खिचिएको परिवारको फोटो झुन्ड्याईएको थियो कोठाको भित्तामा। फोटोमा हेर्दा पनि उज्यालो शिर भएकी बोलिहाल्ला जस्तो देखिने जेनी एकाएक यो संसारमा छैन भन्ने खबरले परिवारमा एकाएक अध्यारो छायो। आफ्नो ब्याईफ्रेन्डको जन्मदिन मनाउन जान्छु भनेर गत असार ३० गते त्रिपुरेश्वर सुकुम्बासी टोलबाट आमासँग बिदा भएर सकुशल गएकी जेनी तामाङ्गको एकाएक मृत्यु भएको खबर आयो। आफ्नो ब्वाईफ्रेन्ड भिम मगरको जन्मदिन मनाउन बालाजु जान्छु भनेर गएकी जेनी साँझ बाथरुममा झुण्डिएर आत्महत्या गरेको भन्ने खबर परिवारलाई आयो। तर घटनाको परिस्थिती र प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको भनेर परिवारहरुले दावी गरे।

घटनापछि जेनीको शव पोष्टमार्टमको लागि टिचिङ्ग अस्पताल लगियो तर पोष्टमार्टम रिपोर्टमा पनि आत्महत्या नै भएको सदर हुने गरी मेडिकल रिपोर्ट बाहिरिएपछि जेनीको परिवार र आफन्तले उक्त रिपोर्ट स्वीकारेनन् । उनीहरुले अस्पतालका डाक्टरले पनि पीडक पक्षको मिलोमतोमा झुठो रिपोर्ट तयार पारेर घटनालाई दबाउन खोजेको भन्दै सामाजिक अभियन्ता सावित्री सुवेदीको अगुवाइमा ५ गते आइतबार टिचिङ्ग अस्पताल परिसरमा आदोलन गरेका थिए। उनीहरुले आफ्नो झुठो रिपोर्ट तयार गर्ने डाक्टरलाई कारबाही गर्नुपर्ने र जेनी हत्याको सत्य तथ्य बाहिर ल्याउन माग गरेका थिए।

आफ्नो छोरीको न्याय माग्न गएकी जेनिकी आमा कुन्जी माया तामाङ माथि प्रहरीले निर्मम कुटपिट गरेको छ। एक त छोरीको मृत्यु पश्चात ९ दिन देखि अन्नपानी मुखमा नपरेको त्यसमाथि पुलिसको निर्घात कुटपिटको कारण उनि अहिले उठ्न समेत नसक्ने अवस्थामा छिन।

उनलाई हातपात गर्न महिला पुलिस अगाडी बढेको थियो त्यतिबेला उनले तपाई पनि आमा हो । बच्चा गुमाउदा आमालाई कस्तो पिडा हुन्छ। तपाईहरुले नै बुझिदिनु। मलाई मात्र हैन भोलि तपाइलाई पनि पर्न सक्छ। भनेपछि महिला पुलिसहरु पछाडी हटेर पुरुषले आफूमाथि कुटपिट गरेको उनले दुखेसो पोखिन।

छोरीको लागि न्याय माग्दा प्रहरीबाटै निर्घात कुटिएकी पिडित आमाको दर्दानाक पिडा हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू