छोरी ईशाको विवाहमा नीता अम्बानीको नित्यको चर्चा व्यापक, भिडियो बन्यो भाइरल

मनिषा थापा

भारतीय व्यवसायी मुकेश अम्बानी र नीताकी एक मात्र छोरी ईशाको विवाह अर्का व्यवसायीपुत्र आनन्द पिरामलको साथ सम्पन्न भईसकेको छ तर अझै पनि मुकेश अम्बानीका श्रीमतीले  ‘प्रि वेडिङ सेरेमनी’ को क्रममा  नाचको चर्चा चौतफी भइरह्यो ।

उदयपुरमा भएको समारोहमा नीताले भारतीय ‘क्लासिकल’ गीतमा आफ्नो प्रस्तुती दिएकी थिइन् । उनलाई थुप्रै व्यवसायीक नर्तकीले साथ दिएका थिए । नीताको उक्त नाचको भिडियोले अहिले पनि भारतीय संचारमाध्यममा निकै चर्चा पाएको छ । साथै सामाजिक संजालमा भाइरल नै बनाइएको छ ।

इस्टाग्राम मार्फत सार्वजनिक भएको उक्त भिडियोमा नीता मन्त्रमुग्ध भएर नाचिरहेको देखिन्छ । समारोहको सांगितिक कार्यक्रमको सुरुमै नीताले आफ्नो प्रस्तुती दिएको बताइएको छ ।

त्यसो त व्यवसायी नीताले बलिउडमा केही वर्ष अभिनेत्रीको करिअर बनाइसकेकी थिइन् । मुकेशको साथ विवाह भएपछि उनले बिस्तारै आफ्नो कलाकारिता छोडेकी हुन् ।

उदयपुरस्थित ‘द ओबरोय उदयविलास’ होटलमा भएको विवाह समारोहको पार्टीमा भारतीय र विदेशी थुप्रै पाहुना आएका थिए । बलिउड उद्योगका अधिकांश कलाकार उपस्थित थिए ।

हलिउडमा चर्चित गायिका बियोन्से पनि यस समारोहमा उपस्थित थिइन् । सांगितिक प्रस्तुतीकै लागि पहिलो पटक भारत आएकी बियोन्सलेको साथमा ६० जना डान्सरले पनि प्रस्तुती दिए । भारतीय इतिहासमा सम्भवतः अहिलेसम्मकै महंगो विवाहअघिको समारोहमा अमेरिकी नेतृ हिलारी क्लिन्टन समेत पाहुना बनेर आएकी थिएन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू