युटुव भाईरल गरिमाको पहिलो गीत ‘कोखकी छोरी’

admin

डि.ए.आर मुभिजको प्रस्तुतिमा युटुव भाईरल गायिका गरिमा हुँमागाईको पहिलो गीत ‘कोखकी छोरी’ आम दर्शक तथा स्रोता माझ आएको छ । युटुवमा सुमुधुर स्वरले आम दर्शकको मन जित्न सफल भईरहेको बेला र डि.ए.आर मुभिजले नयाँ स्वर खोजिरहेको अवस्थामा उक्त टिमले गरिमालाई यो अवसर प्रदान गरेको हो ।

हिन्दु महिलाहरुको महान चाड तिज कोशेलिको रुपमा आएको ‘कोखकी छोरी’ को शब्द कमल सरगम र परिमार्जन प्रभावन जे को रहको छ । गीतमा गरिमा हुँमागाईको साथमा अग्रज कलाकार बिमा कुमारी दुरा, नवराज घोरासाईने, उद्धव कार्कि, पार्वति कार्कि, सरोज लामिछाने र सपना कुँवरले दिएका छन् ।


प्रभावन जे को निर्देशन रहेको म्युजिक भिडियोमा नायीका सारिका के.सी, सरोज दाहाल, प्रल्हाद खरेल, राधा श्रेष्ठ, दिप माला, विवेक चौलागाई, गोकुल दंगाल, सपना कुँवर र गणेश तिवारीको अभिनय रहेको छ ।

गीतमा घरको कारणले तिजको समयमा माइत जान नपाउने चेलीहरुको कथा समेटिएको छ भने, कोखकी छोरी लाई बिदा गर्दाको पिडा देखाउन खोजेको छ ।  बिग परिवेश स्टुडियोमा रेर्कड गरिएको उक्त गितमा एरेन्ज भुवन प्रकाश बडु र मिक्सिङ जिवन बडुले गरेको छन् । रोनिश तामाङको छायाँकन रहेको भिडियोमा नविन भट्टको सम्पादन, राजाराम गौतमको कला, शर्मिला सुनारको मेकअप रहेको छ ।

डि.ए.आर मुभिजको यो माईत जाम पछिको दास्रो तिज कोशेली हो । डि.ए.आर.मुभिजले नयाँ अवसर दिएको र यस्तै नयाँ प्रतिभा तथा पुराना सर्जकहरुलाई समेटेर काम गर्दै आईरहेको व्यवस्थापक राजाराम गौतमले जानकारी दिए । गितको भिडियो लिंक तल दिईएको छ ।

प्रतिक्रिया