जनकले ल्याए फेरी भिन्नै स्वादको गीत “ठेगाना भेटीयो” [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

गायक जनक ताम्राकारको नयाँ गीत ”ठेगाना भेटीयो” हालै बिभिन्न सञ्चार माध्यमहरुमा सार्वजनिक भएको छ।

यस गीतमा जनक ताम्राकार संगै सुजाता वर्मा, महेश ताम्राकार र अल्मोडा राना उप्रेती लगायतको स्वर रहेको छ।

नेपाली संगीत क्षेत्रमा निकै नै फरक यस गीतमा महेश ताम्राकारले सुन्दर ढंगले शब्द संगीत भरेका छन् भनेअल्मोडा राना उप्रेतीले एरेन्ज गरेका हुन्।

”असल शब्द, युनिक संगीत उत्कृष्ठ संगीत संयोजन र उत्कृष्ठ आवाजहरु एक साथ आउनुले सुनमा सुगन्धथपिएको छ, गायक जनकले भने। यो गीतले सबैको मन जित्ने कुरामा आफु बिश्वस्त रहेको गायक जनकताम्राकारले बताए ।”

निकै नै सुन्दर शब्द, संगीत सुमधुर आवाज र सुन्दर बाजाहरुको प्रयोगले यस गीतले हरेकलेसुन्नै पर्ने गीतको रुप लिएको छ। यस्तै ताम्राकारको काफल कम्ला, लौलौ सररर, जुनकिरी पनि पछिल्लो समयनिकै चर्चामा रहेका गीतहरु हुन्।

हेर्नुहोस भिडियो  :

प्रतिक्रिया