जन्मदिनमा निर्देशक एल एन गौतम उदाहरणीय काम: बिरामीहरुलाई गरे यति ठुलो सहयोग {भिडियो }

admin

काठमाडौं, ८ चैत : फिल्म निर्देशक एवम् युवा व्यवसायी एल.एन. गौतमले आफ्नो जन्मदिनका अवसरमा स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेका बिरामीहरूलाई सहयोग गरेका छन् ।भक्तपुरको साँगामा रहेको स्पाइनल इन्जुरी पुनस्थापना केन्द्रमा उपचार गराइरहेका करीव ७५ जना बिरामीलाई गौतमले कपडासहितका सहयोग प्रदान गरेका हुन् ।

‘जन्मदिनका अवसरमा फजुल खर्च कटाएर स्पाइनल इञ्जुरीका बिरामीलाई दिएको हुँ । धेरै ठूलो सहयोग छैन’, उनले भने, ‘६–७ वर्षदेखि मैले आफ्नो जन्मदिनका अवसरमा अनाथालय, वृद्धाआश्रम र यस्तै यस्तै संस्थामा पुगेर मनाउने गरेको छु ।’

 

नेपाली फिल्महरू बनाइसकेकाको गौतमले अर्को नयाँ फिल्म बनाउने तयारीमा छन् । नयाँ फिल्मलाई निर्देशन पनि गौतमले गर्ने सोँच बनाएका छन् । यसैबीच, गौतमले सामाजिक संस्था खोल्ने योजना बनाएका छन् । सोही संस्थाबाट असाहय र अनाथहरूको सहयोग गर्ने उनले बताए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू