जब डाक्टरले सर्जरी गरि युवकको पेटबाट ९ चम्चा, २ टूथ ब्रश र १ चक्कु निकाले

रिता घिसिंग

पिएनपिखबर : हिमाचलमा डाक्टरले सर्जरी गरि ३५ बर्षिया युवकको पेटबाट ९ वटा चम्चा, २ टुथ ब्रस, २ स्क्रू ड्राइवर र एक चक्कु निकालेका छन। यसको अप्रेशन एसएलबीएस मेडिकल कलेजका डाक्टरका टिमले गरेका थिए। अप्रेशन डेढ घण्टासम्म चलेको थियो। डाक्टरका अनुसार युवकको स्वास्थ्यमा सुधार आएको छ।

डा. रणेश चौहान भन्छन “जब बिरामीको पेटबाट आधा चक्कु बाहिर निक्लिन थाल्यो तब उनको हालत खराब हुदै गयो त्यसपछि हामीले सर्जरी गर्ने फैसला गरे। युवक मानसिक रोगि हुन्।” युवक सुंदरनगरको वनायकका हुन्।

डा. चौहानका अनुसार मानसिक रोगले ग्रसित व्यक्तिले यस्तो खालको चीज सजिलै निल्न सक्छन। उनीहरुलाई आफुले के खाइरहेको छ भन्ने कुराको केहि महसुस हुदैन। सामान्य व्यक्तिले यस्ता चिज निल्न सक्दैन। जब रोगीको इनर सिस्टममा यी चिजहरुका कारण चोट पुग्छ तब मात्र यसको बारेमा थाहा पाउछ। मेडिकल भाषामा यसलाई बेजोआर बीमारी भनिन्छ।

प्रतिक्रिया