जम्मा ६० रुपैयाँको लागत मै डोजर (भिडियो सहित)

मनिषा थापा

पिएनपिखबर : दैलेख घर भई हाल भक्तपुरमा बस्दै आएका यी बालकले डोजर बनाएर सबैलाई चकित तुल्याएका छन्। यी प्रतिभावान बालकको नाम हेम राज विश्वकर्मा हो। उनी कक्षा ७ मा पढ्छन। उनी विगत १ वर्ष अघि पढाईका लागि राजधानी आएका हुन। उनले आफ्नो सो विवेक प्रयोग गरी जम्मा ६० रुपैयाको लागतमा डोजर निर्माण गरेका हुन्।

उनको डोजरमा ३ ओटा सुई र काठ जडान गरिएको छ। उक्त सामाग्री उनले हस्पिटल र काठकारखानाबाट जुटाएका हुन्। यस डोजरले ससाना चिजहरु सजिलै उठाउन र उचाल्न सक्छ। यसका लागि उनले कसैको मद्दत लिएनन्, सबै कुरा आफैं गरे । उनलाई विज्ञान क्षेत्रमा निकै नै लगाब छ।

‘सफलताप्राप्तिका लागि उमेरको छेकवार हुँदैन भने कुरा उनको प्रतिभले दर्साउँछ। उनलाई सानै देखि यस्तै उपकरण बनाउने सपना रहेको बताउँछन्। उनी डोजरमात्र अरु ससाना गाडी पनि आफै निर्माण गर्ने सक्न दावी गर्छन तर उनीसँग गाडी गुड्ने चक्क्का किन्न पैसा नभएको बताए। कसैले यस्ता उपकरण बनाउनको लागि आर्थिक सहयोग गर्दिए म पनि धेरै यस्ता वस्तुहरु बनाएर अरु बालकहरुलाई पनि सिकाउँथे।

विज्ञान तथा प्रविधिमा रुची भएका हेमराज पढाई र गीत गाउँन पनि निकै अब्बल छन्। उनको कुरा सुन्दा उनी निकै नै बुझकी छन जो कोहीलाई पनि ७ कक्षामा पढ्ने बालक जस्तो लाग्दैन। उनले स्कुलमा आफ्नो यस प्रतिभालाई उजागर पार्न स्थान पाए स्कुलको नाम रोशन गर्ने बताए। उनी भन्छन, ‘भविष्यमा ठुलो मानिस बनेर पिछडिएका बालबालिकालाई सेवा गर्ने छु।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया