जवान देखिन चाहनुहुन्छ ? यसरी सेवन गर्नुहोस पुदिना

रिता घिसिंग

एजेन्सी : पुदिना चटनी वा अचारको रूपमा तथा खानामा फ्लेवर ल्याउनका लागि प्रयोग गरिन्छ । पुदिना ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदका अनुसार पुदिना स्वेद कारक, उष्ण, दीपन एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरूमा लाभदायी छ । धेरैलाई थाहा हुनसक्छ, पुदिना सुन्दरतामा निखार ल्याउनका लागि पनि प्रयोग गरिन्छ ।

छालामा शीतलता प्रदान गर्ने मामिलामा त पुदिनालाई सर्वोत्कृष्ट मान्न सकिन्छ । पुदिनाको मिश्रणलाई अनुहारमा लगाएर औंलाले मालिस गर्ने । १० मिनेटजति पछि सफा पानीले अनुहार पखाल्ने । यो प्रक्रिया हप्तामा दुईपटक दोहोर्‍याउने । ब्ल्याकहेड्स जरैदेखि नासिन्छ ।

पुदिनामा एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले डन्डिफोर बनाउने कोषलाई नाश गर्छ । यसले अनुहारको काला धब्बा तथा पोतोसमेत निर्मूल पार्छ । यसका लागि पुदिनको केही पातलाई मसिनो पारेर पिस्ने । यसलाई अनुहारभरि लगाउने । केही बेरपछि सफा पानीले पखाल्ने । यो प्रक्रिया ३ दिन बिराएर नियमित रूपले अँगाल्दा डन्डिफोर तथा पोतोबाट पूर्ण छुटकारा मिल्छ ।

पुदिनामा एन्टी अक्सिडेन्ट हुन्छ जसले अनुहारको मृतकोष हटाउँछ । यसले ब्याक्टेरिया मार्न मद्दत गर्छ । यसबाट छाला स्वस्थ एवं मुलायम हुनुका साथै गोरोपन बढ्छ । यसका लागि पुदिनाको केही पातलाई पिस्ने । यसमा एक चिम्टी बेसार र थोरै गुलाबजल मिसाउने । यो लेपलाई अनुहार तथा घाँटीमा लगाउने र पन्ध्र मिनेटसम्म रहन दिने । अनुहार सफा पानीले धुने । यसो गर्दा अनुहार गोरो तथा चमकदार हुन्छ ।

पुदिनाले चाउरी हटेपछि जवान देखिन सहयोग पुग्छ । यसका लागि पुदिनाको केही पातलाई बास्ना आउन्जेल उमाल्ने । पुदिनाको बास्ना आउने पानीले अनुहार धुने । दिनमा दुई पटक यो प्रक्रिया दोहोर्‍याउँदा छाला चमकदार, नरम एवं गोरो हुन्छ । पुदिनाको पात पिसेर लगाउनाले छाला सुन्निन र चिलाउनबाट रोक्छ ।

प्रतिक्रिया