जहाज ३५० फिटमाथिको तारमा झुण्डिएपछि उद्दारकर्मी पनि चकित !

रिता घिसिंग

दक्षिण अफ्रिकाको जोहान्सबर्गमा पति पत्नी सवार टु सिटर जहाज ३५० फिटमाथिको तारमा झुण्डिएपछि उद्दारकर्मी पनि चकित परेका छन् । पति पत्नी जंगली इलाकामाथि हुदै विमानमा उड्दै गर्दा  साहसिक यात्राको लागि राखिएको तारमा विमान ठोक्कियो । यतिमात्र होइन ३५० फिटमाथि विमान आश्चर्यजनक रुपमा त्यहीँ तारमा अड्कियो । विमानमा सवार यात्रु विमानभित्रै फसे ।

यो तारमा भारी विमान एउटा नटबोल्टको भरमा झुण्डिएको थियो । उद्धार टोलीलाई पनि त्यहाँ पुग्न निकै परिश्रम गर्नुपर्यो । डर यो थियो कि यदि तारमा कम्पन भयो भने यात्रुसहितको विमान सिधै ३५० फिट तल खस्नेछ । उद्धार टोलीले तारभन्दा माथि अर्को हेलिकप्टर उडाए । माथिबाट हेर्दा यात्रुलाई हेलिकप्टरबाट माथि तान्न पनि सम्भव देखिएन । त्यसपछि उद्धार टोलीका एक सदस्य तारबाटै विमान अड्किएको ठाउँसम्म गए । उनले डोरी लगाएर यात्रुलाई बाहिर निकाले । उनले यात्रुलाई बाहिर निकाल्दासम्म विमान भने खसेन । विशेषज्ञका अनुसार विमान १६० किलोमिटर प्रतिघण्टा भन्दा कम गतिमा उडिरहेकोले तारमा ठोक्किदा पनि आगो लागेन । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचारहरू