जाडोमा कुर्कुचा फुट्न नदिन के गर्ने ? जान्नुहोस

रिता घिसिंग

जाडो मौसममा खुट्टाको कुर्कुचा फुट्ने समस्या धेरैलाई हुन्छ। खुट्टा फुट्दा नराम्रो देखिने मात्र होइन दुख्ने र संक्रमण हुने पनि सम्भावना हुन्छ। खुट्टा फुट्ने समस्या सामान्य तरिकाले नै समाधान गर्न सकिन्छ। धेरै फुटेर समस्या सिर्जना हुनुभन्दा पहिले नै खुट्टाको राम्रो हेरविचार गरेमा कुर्कुचा फुट्दैन।

१.ओलिभ (जैतुन) तेल र बेसार मिसाएर पेस्ट बनाउने र फुटेको कुर्कुचामा लगाउँदा केही दिनमा निको हुन्छ।
२. नरिवलको तेल र मैनलाई मिसाएर मैन पग्लिने बेलासम्म तताउने। उक्त घोल सेलाएपछि सो पेस्ट फुटेको भागमा राती लगाउँदा धेरै राहत दिन्छ।
३. भ्यास्लीन र बोरिक पाउडरलाई राम्ररी मिसाएर पेस्ट बनाइ लगाउने।
४. गुलाव जल र ग्लिसिरीनको उपयूक्त मात्रा मिसाएर वोतलमा राख्ने र राती सुत्नुअघि खुट्टामा लगाएर सुत्नाले पनि फुटेको निको हुँदै जान्छ र नियमित लगाउँदा फुट्ने सम्भावना पनि हुँदैन।

कुर्कुचा फुट्न नदिन चिसोमा खाली खुट्टा सिमेन्टमा नहिँड्ने, धुलोमा हिँडेको भए राम्ररी धोएर मोस्चराइजर वा तेल लगाएर सुत्ने, मोजा लगाउने र बेलाबेलामा पेडिक्योर गर्ने गरेमा फुट्ने समस्या एकदमै कम हुन्छ।

प्रतिक्रिया