जाडोयाममा भूलेर पनि अनुहारमा लगाउन हुँदैन यी ५ चीज, झन् कुरूप बनाउछ

रिता घिसिंग

एजेन्सी : जाडो मौसममा छालामा सुख्खापन बढ्छ । यस्तो अवस्थामा कागती जस्ता चीज लगाउँदा सुख्खापन अझ बढ्न थाल्छ । यसको नकारात्मक असर अनुहारमा पनि देखिन्छ र कालोपन बढ्छ । यसकारण ब्यूटी एक्सपर्टस, केही चीजहरू छालामा प्रयोग नगर्न सल्लाह दिने गर्दछन्, जसमा यस्ता ६ किसिमको चीजहरूको बारेमा चर्चा गरिएको छ । यसले छालामा नकारात्मक असर पुर्याउँछ । चिसो मौसममा पटक-पटक यी चीजहरू छालामा लगाउनाले कम्प्लेक्शन डार्क हुन्छ ।

फ्राइड फूड कम खानुहोस् । यसमा पाईने ट्रान्स फैट्सको अधिक मात्राले कालोपन बढ्छ । चिया वा कफी सेवन गर्नुहुँदैन । यसमा कैफिनको मात्रा अधिक हुन्छ । यसले कम्प्लेक्शन डार्क हुन्छ ।

आफ्नो आहारमा नून कम सेवन गर्नुपर्दछ । यसले छालाको सेल्स खुम्चिन थाल्छ र कालोपन बढ्छ । गुलियो चीज कम खानुपर्दछ । बढी चिनी खाँदा छालाको चमक कम हुन्छ र रंग कालो हुन्छ ।

छालामा प्रयोग गर्न नहुने यी हुन् ६ चीज,

कागती
यसमा पाईने साइट्रीक एसिडले अनुहारको चमक कम हुन्छ । जसले छालाको कालोपन बढाउँछ ।

सिरका
भिनेगरमा एसिड हुन्छ । यसलाई पानीमा नमिलाएर अनुहारमा सिधै लगाउँदा छालाको ओयल कम हुन्छ र कालोपन बढ्छ ।

बियर
बियरको एसिडिक नेचरले छाला सुख्खा हुन्छ । यसलाई दिनहुँ प्रयोग गर्नाले छालाको चमक कम हुनथाल्छ ।

बेकिंग सोडा
यसमा पाईने अल्केलाइड्सले छालाको PH लेभल सन्तुलित रहँदैन । यसले छालामा दाग-धब्बा बन्छ र चमक कम हुन्छ ।

पुदिना
यसमा मेन्थोल हुन्छ । यसले अनुहारको नरमपन कम गर्छ र कालोपन बढ्छ ।

सुन्तला
सुन्तला र यसको बोक्रामा साइट्रीक एसिड हुन्छ । यसले छालाको रंग कालो हुन्छ ।

यस मौसममा अनुहारमा के लगाउँदा रंग गोरो हुन्छ ।
-काँचो दूध लगाउनुहोस् । यसले छालाको सुख्खापन कम हुन्छ र चमक बढ्छ ।
-ओलिभ ओयल लगाउनुहोस् । यसले छालाको नरमपन बनाई राख्छ र रंग गोरो हुन्छ ।
-घ्यूकुमारी जेल लगाउनुहोस् । यसले अनुहारको चमक बढाउँछ र रंग गोरो हुन्छ

प्रतिक्रिया