जाडोयाममा सुख्खा छालाबाट बच्न अप्नाउनुहोस् यी उपाय

मनिषा थापा

एजेन्सी : चिसो मौसममा छालामा सुख्खापनको समस्या उत्पन्न हुन्छ । यसले सम्पूर्ण सौन्दर्यतामा निकै ठूलो असर पार्छ । यसलाई ड्राई स्किनको समस्या भनिन्छ । छालाको यो समस्याबाट छुटकारा पाउन मानिसहरु धेरै खर्च गर्छन्, ठूल्ठुला कोल्ड क्रिमहरु प्रयोग गर्छन् ।

यो समस्या एकपटक निर्मूल भएपनि प्रत्येक ठण्डी महिनामा पुनः बल्झिएर आउँछ । रुख्खा सुख्खा छालाको यो दीर्घकालिन मौसमी समस्याबाट छुटकारा पाउने केही स्वास्थ्य उपायहरु आज हामी तपाईलाई बताउँदै छौं ।

छालामा कुनै पनि किसिमको समस्या भएमा नुहाउने साबुन र बाहिरी तेलको प्रयोग बन्द गर्नुपर्छ । यसको सट्टा चिसो तौलियाले विस्तारै छालालाई रगटीरहनु पर्छ । यसो गर्दा छालामा कुने सुक्ष्म प्वाल जसलाई हामी पोर्स भन्छौं ती खुल्छन् र ती प्वालबाट स्वास प्रस्वास हुन्छन् । तौलियाले निरन्तर छाला रगड्दा तपाईको छाला सफा रहन्छ ।

चिसो तौलिया प्रयोग गर्नाले छालाको रोगबाट राहत पाउन सकिन्छ । तर यदि तपाईको समस्या धेरै पुरानो छ भने त्यसलाई ठिक गर्नका लागि तपाईले चिसो माटोको लेप लगाउनुपर्छ । तर छाला प्रयोग गरिने त्यस्ता माटो धेरै सफा हुनुपर्छ त्यसमा अन्य दोस्रो वस्तुको समिश्रण हुनुहुँदैन । यसका लागि चम्किलो र पहे‌ंलो माटोलाई उत्कृष्ट मानिन्छ । तपाई ती माटोको सट्टा बजारमा पाइने मुल्तानी माटो पनि प्रयोग गर्नसक्नुहुन्छ ।

मुल्तानी माटोलाई पानीमा भिजाएर प्रयोग गर्नुहोस् यसले छालाको फोहोरलाई सफा गर्ने काम गर्छ । साथै यसको कुनै नकरात्मक प्रभाव पनि पर्दैन । यसले छालालाई नरम र सफा राख्छ ।

यदि तपाई माटोको प्रयोग गर्नु हुँदैछ भने शरीरमा माटो लगाएपछि केही समय घाममा शरीर सुकाएर बस्नुहोस् । घाममा बसेपछि धेरै रगडेर नुहाउनु पर्छ । यसलाई दुई वा चार पटक दोहोर्‍याएर गरेपछि तपाईको यो समस्या टाढा हुन्छ ।

प्रतिक्रिया