जाडो भुलाउने हर्टडान्सिङ बीटको “हुरी चल्यो १६ वर्षे वैंशको”[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौं, २५ पुस : नेपाली गीत, संगीतको बजारमा फरक फरक गीत बजारमा आउने क्रममा यो जाडो भुलाउने हर्टडान्सिङ बीटको ‘हुरी चल्यो हुरी चल्यो १६ वर्षे वैंशको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । चर्चित गायक, गायिका अर्जुन सुनाम र बिन्दु परियारकोे स्वर रहेको गीत ‘हुरी चल्यो ’ हालै युट्युबमा सार्वजनिक गरिएको हो ।

गीति लेखनमा आफ्नो पृथक पहिचान बनाएकी सञ्चारकर्मी सुविसुधा आचार्यको शब्द, झमक संगितम्को संगीत रहेको भिडियोलाई निर्देशक शिवन श्रेष्ठले निर्देशन गरेका हुन् । अनिल तामाङको कोरियोग्राफी, एकान्त मगरको सम्पादन रहेको भिडियोमा एकान्त मगर, जुना आलेमगर, खुशिका मगराती लगायत कलाकारको अभिनय देख्न सकिन्छ । 

हेर्नुहोस भिडियाे:

प्रतिक्रिया