जादुमय स्वरकी धनी बिम्बु मगर काठमाडौँमा पहिलो गीत रेकर्ड गराउँदै (भिडियो)

मनिषा थापा

पिएनपिखबर : मोरङ्गकी बिम्बु मगर आफ्नो पहिलो गीत रेकर्ड गराउन राजधानी आएकी छिन्। उनको गीत आउने आइतबार रिलिज हुने तयारीमा छ। मेलिना राईको ठुलो फ्यान रहेकी उनी प्रायजसो उनकै गीत गाउने गर्छिन। आधुनिक गीतहरुमा बढी रुचाउने गर्छिन।

गीतको साथ साथै उनको रुचि नृत्य पनि छ। आगामी दिनमा नृत्य पनि सिक्ने उनले बताईन। सुरिलो तथा मन छुने स्वरकी धनी बिम्बु अहिले म्युजिक क्लास पनि जाने गर्छिन। आर्थिक अभावको कारण उनी आमाको न्यानो काखमा लुटपुटिने बेला उनले आमाको अभाव महसुस गर्नु पर्यो।

कक्षा १० मा अध्ययनरत विम्बुको घरको अवस्था एकदमै नाजुक छ। उनले बाल्यकाल देखि नै न आमाको न्यानो काख पाइन् न बुबाको माया। जब देखि उनी बुझ्ने भइन् उनी उनको हजुरआमाको शहरामा नै बसिरहेकि छिन्। उनको आमाले बुबा अरु नै पर स्त्रीसँग नजिक भएको थाह पाए पछि घरमा नबस्ने निर्णय गरिन्। त्यतिबेला उनी सानै थिईन्। अबोध बालाखा छोरीलाई चटक्क छोडेर उनको आमा माइत गए पछि उनको बुबाले उनलाई वास्ता नै गरेनन्।

आफ्नो घर परिवारको माया मोह त्यागिसकेका उनको बुबाले आमा माइत गएको केहि समय पछि अर्को श्रीमती भित्राए। उनको बुबा र कान्छी आमा छुट्टै बस्ने गर्छन्। उनी चाही उनको हजुरआमासँग बस्ने गर्छिन्। उनको हजुरआमाले नै उनलाई बुबाआमाको मायाममता दिएर हुर्काएकी हुन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू