जान्नुहोस तुलसीका पाँच औषधीय गुण

रिता घिसिंग

एजेन्सी : तुलसी सम्पूर्ण हिन्दुहरूले पूजा गर्ने वनस्पति हो । तुलसीलाई विष्णुको अवतारको रूपमा हिन्दुहरूले पुजा गर्ने गर्छन् । धर्मका लागि मात्र नभएर तुलसी रोप्ने कार्य शरिरको फाइदाको लागि समेत गरिन्छ । तुलसी निकै उपयोगी वनस्पतिको रूपमा प्रयोग गर्न सकिन्छ ।

धार्मिक आस्थाका साथै आयुर्वेदिक औषधिका लागि पनि तुलसीको प्रयोग गर्ने गरिन्छ । तुलसीलाई विभिन्न रोगको उपचारका लागि औषधीका रुपमा समेत प्रयोग गरिन्छ । औषधीय गुणका कारण तुलसीको प्रयोग अत्याधिक हुने गरेको छ । कुनै बेला अमेरिकी विशेषज्ञहरूले समेत तुलसीले क्यान्सर समेत निर्मुल गर्न सक्ने बताएका छन् ।

तुलसीका केही औषधीय गुणका बारेमा जननुहोस

– तुलसी घरमा रहँदा वातावरण नै सुगन्धित हुन्छ भने हावामा अक्सिजनको मात्रालाई समेत बढाउन मद्धत गर्छ । यस्तै, हावामा भएको केही ब्याक्टेरिया समेत नष्ट गर्ने क्षमता राख्दछ ।

– तुलसीको सुकेको पात पिसेर अनुहारमा दल्नाले अनुहारको चमकता बढ्छ ।

– कफ, सर्दी, ज्वरो, झाडापखाला, बान्ता लागेको अवस्थामा पनि तुलसीको सेवनले फाइदा गर्छ । तुलसीले कुनै साइड इफेक्ट नगर्ने भएकाले पनि बच्चाहरूका लागि निकै उपयोगी वनस्पति हो ।

– घाँटीमा आउने समस्याका लागि पनि तुलसीको प्रयोग लाभदायक हुन्छ । तुलसीको पत्ता उमालेर बनाएको पानी पिउनाले घाँटीलाई निकै फाइदा गर्छ ।

– दैनिक रूपमा खाली पेटमा तुलसीको रसको पानी मिसाएर पिउनाले मानिसको सम्झने क्षमतामा बृद्धी हुन्छ । यसले पाचनप्रणालीलाई समेत निकै फाइदा पुर्याउँछ ।

प्रतिक्रिया