जिन्सको नयाँ ट्रेन्ड, कसरी छनौट गर्ने ?

मनिषा थापा

एजेन्सी : न पुरानो हुन्छ, न नयाँ। सधै एकनास। जिन्स, सदाबहार पहिरन। जिन्स, जुन उमेर समूहका लागि पनि उपयुक्त हुन्छ। बालकदेखि बुढोसम्म। जसले, जसरी लगाएपनि जिन्समा खोट देखाउन सकिदैन। तपाईं काम गर्दा लगाउन सक्नुहुन्छ, कार्यलय धाउदा पनि। क्याजुअल, फर्मल सबै रुपमा।

जिन्सको अर्को खास गुण भनेको, यो टिकाउयुक्त हुन्छ। बलियो। जिन्स जति पुरानो भएपनि लगाए हुन्छ । त्यसैले अहिले यस्ता व्यक्ति सायदै नहोलान्, जसको दराजमा जिन्स छैन।
‘ब्लू जिन्सका लेखक मानवशास्त्री डेनी मिलार भन्छन् कि, जिन्स हरेक ठाउँमा छ। यो आफ्नो सरलताको कारण विश्वभरका देशमा लगाइन्छ।

सत्य के पनि भने, यो १९ औं शताब्दीमा अमेरिकामा बनाइएको जिन्स अहिले विश्वभर लगाउने गरिन्छ। क्याजुअल वेयरको दुनियामा क्रान्ति ल्याएका ब्लू डेनिम्ससँग अहिले कसैले प्रतिस्पर्धा गर्न सक्दैन । तर, अहिले विश्वमा थरी-थरी डिजाइन र रंगको जिन्स हावी हुँदै गएको छ। समयसँगै यसमा केही घतलाग्दा परिवर्तन भए।

हामीले पहिरन छनौट गर्दा हाम्रो गल्ती के हुन्छ भने, अरुलाई राम्रो देखिएपछि हामी पनि त्यस्तै खोज्ने गछौं। अरु कसैले लगाएको लुगा सुहाएको छ भने हामीलाई त्यसले सुहाउँछ भन्ने मनोविज्ञान हामीसँग हुन्छ । त्यसैको अनुसरण गरेर पहिरन खरिद गर्छौं, लगाउँछौं। अपेक्षाकृत नसुहाउन सक्छ।

किनभने कुनैपनि पहिरन आफ्नो रुपरंग र शारीरिक ढाँचा अनुरुप नै छनौट गर्नुपर्छ। कतिसम्म भने, आफ्नो प्रवृत्ति र पेशा र व्यवसायसँग पनि सुहाउँदो लुगा लगाउनु बढी उपयुक्त हुन्छ। यसरी आफ्नो शरीर, रुपरंग, प्रवृत्ति, पेशा र व्यवसायसँग मिल्दो पहिरन छनौट गर्न सकेमा मात्र सुहाउँदो देखिन्छ। साथसाथै हेक्का राख्नुपर्ने कुरा, अहिले पहिरनको के कस्ता ट्रेन्ड छ कस्तो पहिरन के सँग लगाउने इत्यादि कुराहरुको जानकारी हुनु आवश्यक छ।

प्रतिक्रिया