जुम्ल्याह बच्चाको जन्मका कारण खुसि थिए जोडी, डीएनए टेस्ट गराउदा निक्ल्यो जुम्ल्याह बच्चाको अलग-अलग बुबा

रिता घिसिंग

पिएनपिखबर : चीनमा एक महिलाले जुम्ल्याह बच्चालाई जन्म दिएकी छिन।  यस कुराका कारण घरमा खुसीको माहोल छाएको थियो। जब बच्चाको  बर्थ रजिस्ट्रेशनको लागि पैटर्निटी टेस्ट गराए। रिपोर्ट देखेर उनका श्रीमानको होस उडेको छ। डीएनए टेस्टमा दुइ बच्चाको डीएनए अलग-अलग आयो। अर्थात् जुम्ल्याह बच्चाको बुबा अलग-अलग हुन्। धेरै प्रश्नपछि श्रीमतीले बल्ल उनले श्रीमानलाई धोका दिएको स्वीकार गरेकी छिन। 

 शियामेन सिटीआ एक जोडीले आफ्नो जुम्ल्याह छोराको रजिस्ट्रेशन लोकल पुलिस स्टेशनमा गर्नु पर्थ्यो। रजिस्ट्रेशन पूरा गर्नको लागि जोडीले  प्रमाणका लागि  पैटर्निटी टेस्ट दिनु पर्थ्यो। जसबाट बच्चा उनको हो भनि प्रमणित हुन्छ। पिता शियाओलोंगले  दुइ छोरा देख्ने बित्तिकै एक छोराको अनुहार को संग मिलेको छ भनि सोधेका थिए। तर जब डीएनए टेस्टको रिपोर्ट आयो पिता शियाओलोंग अचम्मित भए। 

 

पिता शियाओलोंगको डीएनए एक छोरासंग मिलेन। यो देखेर पिता रिसाएका थिए। र श्रीमतीसंग झगडा गर्न थालेका थिए। पहिला श्रीमतीले यो सब झुट हो रिपोर्ट गलत रहेको बताए। 

 

जब शियाओलोंगले यस बारेमा आफ्नी श्रीमतीलाई लगातार सोधपुछ गर्न थाले अन्त्यमा उनले एक अन्जान पुरुषसंग रात बिताएको स्वीकार गरेकी छिन। यस खुलासापछि शियाओलोंग भन्छन ‘म बच्चालाई राम्ररी पाल्न तयार छु तर अरुको बच्चालाई म आफ्नो नाम दिन्न।’ 

 

यसो जब हुन्छ तब महिलाले एकै दिनमा दुइ पुरुषसंग सम्बन्ध राख्छ।

प्रतिक्रिया