जेट एयरवेज बन्द भएपछि धरधर्ती रोए २२ हजार कर्मचारी

रिता घिसिंग

एजेन्सी : बिगत लामो समयदेखि आर्थिक संकटमा परेपछि भारतीय विमान कम्पनी जेट एयरवेज कम्पनी बन्द भएपछि जेटका अधिकांश कर्मचारीहरु धरधर्ती रोए । जुन तस्बिरहरु यतिबेला सामाजिक सञ्जालमा पनि निकै भाईरल बनिरहेका छन् । ती कर्मचारीहरुले आफुहरुले नपाएको पारिश्रृमिक मागेका मात्र छैनन् जेट एयरवेजलाई पनि बचाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । उनीहरुले आफनो कम्पनीप्रति देखाएको मायाको यतिबेला चौतर्फी प्रशंसा भईरहेको छ । यता जेट एयरवेजले भने आफुहरुले आर्थिक व्यवस्थापनका लागि काम गरिरहेको र चाँडै नै सेवामा फर्कने बताएको छ ।

कम्पनिले हाल आफ्ना सबै राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरु रद्ध गरिसकेका छन्।हाल यो एयरवेज बन्द हुने अवस्थामा पुगेको छ । कम्पनी बन्द भएपछि त्यहाँ कार्यरत २२ हजार कर्मचारीहरु बेरोजगार बनेका छन् । भारतकै चर्चित एयरवेज आर्थिक संकटमा परेर बन्द भईराख्दा सरकारले कुनै पनि साथ र सहयोग नगरेको भन्दै आलोचना पनि भईरहेका छ । भने यता एयरवेजका कर्मचारीहरुले जेट एयरवेज र आफुहरुको भबिष्य सुरक्षित गर्न आन्दोलन पनि गरिरहेका छन् । यसबीचमा एयर इन्डियाले जेट एयरवेजलाई साथ दिन अगाडी आएको छ ।

 

एयर इन्डियाले जेट एयरवेजका पाँच ठूला विमानलाई भाडामा दिन प्रस्ताव गरेको छ । सरकारी स्वामित्वमा रहेको एयर इन्डियाले यो प्रस्ताव जेटले आफना सबै उडानहरु रद्ध गर्दा गरेको थियो । उसले जेट एयरवेजसंग लण्डन, दुबई र सिंगापुर जाने बोइंग ७७७ विमानलाई भाडामा लिन चाहेको बताएको छ । त्यतीमात्र होईन उसले जेट एयरवेजका १५० क्रु सदस्यलाई पनि अन्तरराष्ट्रिय उडानका लागि राख्ने प्रस्ताव गरेको छ । यसबीचमा आन्दोलनरत कर्मचारीहरुले आफुले काम गरेको संस्थाको माया कति हुन्छ भनेर जेट एयरवेज कम्पनीका कर्मचारीहरुले देखाएका छन् ।

प्रतिक्रिया