जेठी श्रीमतीले मुद्दा हालेपछि शिल्पा छविलाई ५ बर्ष जेल हुनसक्ने : स्वागत नेपाल (भिडियो)

मनिषा थापा

पिएनपिखबर : छविकी पहिलो श्रीमती हेमा ओझाले श्रीमान छवि ओझा र उनकी कान्छी श्रीमती शिल्पा पोखरेलविरुद्ध बहुविवाहको मुद्दा हालेको खबर बाहिरिएको छ। उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।

उनले मुद्धा दर्ता गरे सँगै पहिला नै किन दर्ता गरिएन भन्दै दर्शकहरुले आलोचना गरिरहेका छन्। यसै विषयमा बोल्दै अधिवक्ता स्वागत नेपालले पहिला अर्को विवाह गरेको प्रमाण नभएको कारण मुद्दा दर्ता हुन् नसकेको बताए। उनले भने, ‘शिल्पा पोखरेल र छवि ओझाको गत पुषमा मात्रै विवाहको दर्ता भएको हो जुन हेमाले साउन ३ मा पाईन र अहिले प्रमाणसहित् मुद्दा हालेकी हुन्।’

विना मन्जुरी पहिलाको श्रीमती हुँदा हुँदै अर्को विवाह भएको प्रमाणित भएको खण्डमा कानुनी अनुसार ५ वर्ष जेल सजाए हुने स्वागत नेपालको अनुमान छ।

छविकी पहिलो श्रीमतीबाट दुई सन्तान छन।नायिका शिल्पा पोखरेलले निर्माता छविराज ओझाविरुद्ध घरेलु हिंसा गरेको आरोप लगाउँदै उजुरी दिएसँगै अहिले सामाजिक संजालभर चर्चाको विषय बनेको छ। अभिनेत्री शिल्पाले छबिसँग कुनै पनि हालतमा बस्न नसक्ने भन्दै सम्बन्धविच्छेदको प्रकिया अगाडी बढाएकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू