जेनेभामा पहिलो पटक ग्रेटर नेपालको नक्सासहित प्रर्दशन[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, ४ चैत्र : चैत्र ३ सुगौली सन्धीपछि भारतीय उपनिवेशमा राखिएको नेपालको भूमि फिर्ता गराउन माग गर्दे प्रर्दशन गरिरहेको ग्रेटर नेपालले स्विट्जरल्याण्डको जेनेभामा पहिलो पटक प्रर्दशन गरेको छ ।सुगौली सन्धीपछि भारतले खोसेको नेपालको भूमि फिर्ता गराउन माग गर्दै पहिलो पटक जेनेभामा ग्रेटर नेपालको नक्सासहित बिरोध प्रर्दशन गरिएको हो । लामो प्रयासपछि ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेपालको नक्सा लिएर संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद अगाडि पुगेको हो ।

उनीहरुले शनिवार साँझ ४ः३० बजे जेनेभास्थित संयुक्त राष्ट्र संघको अगाडि ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सा प्रदर्शन गरेका हुन् । उक्त कार्यक्रम बिहिबार नै गर्ने योजना भएपनि बर्षातको कारण स्थिगित भएको थियो तर शनिबार भने ग्रेटर नेपालको नक्सा सहितको प्रर्दशन गरिएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बताए ।

संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूका झण्डासँगै राखिएको नेपालको राष्ट्रिय झण्डाका अगाडि ग्रेटर नेपालको नक्साका साथ उभिएर नेपाली जनताका नाममा कसम खाँदै संसारलाई आफ्नो पीडाको आवाज र विरोधको स्वर सुनाउन पाउने ठाउँमा उभिएर ग्रेटर नेपालको नक्सा देखाउन पाएको नेपाल बताउँछन् । नेपालसहितको टोलीले भारतीय उपनिवेशको बिरोध गर्दे नेपाली भुमि फिर्ता गर्नु पर्ने भन्दै ग्रेटर नेपालको लागि प्रर्दशन गर्दे आईरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू