जोन तुम्बापोको ‘कस्ले गर्दा’ सार्वजनिक[भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, १ साउन : पाँचथर जिल्लामा जन्मिएका गायक जोन तुम्बापोलाई सानै देखी गीत संगीतमा रुची थियो | बिभिन्न प्रतियोगितामा सहभागी भएर उनी पुरुस्कार समेत जित्ने गर्थे । जोन आफुलाई गायक राजेश पायल राईको फ्यान भएको बताउछन । गायक बनेर नाम सम्मान कमाउने सोच राखेका जोनले आफ्नो पहिलो प्रयासका रुपमा ‘कस्ले गर्दा‘ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन।

राम लावतीको शब्द रहेको उक्त गीतमा जोन तुम्बापो र स्वस्तिका प्रधानको आवाज रहेको छ भने गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले संगीत भरेका छन। गीतको म्युजिक एरेन्जमेन्ट नरेश श्रेष्ठले गरेका हुन |

डान्सिङ भर्सनको म्युजिक भिडियोमा दिवस गिरीको कोरियोग्राफी, विकाश धमलाको भिडियो सम्पादन, भुपेन्द्र तुम्बाहाम्फेको छायांकन र निर्देशन रहेको छ। अतिश जैरु र रुपा घिसिङको अभिनय रहेको भिडियोले डिजिटल बजारमा राम्रो प्रतिकिया प्राप्त गरिरहेको छ |
हेर्नुहोस भिडियो :

प्रतिक्रिया