ज्ञानेन्द्र शाहीबारे सबिता माताको यस्तो भविष्यवाणी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : माताको रुपमा भविष्यवाणी गर्ने सविता सरू शर्मा आचार्य चर्चित नाम हो। आफुलाई एक आधुनिक माता भएको बताउने उनी भविष्यवाणी, जोखाना हेराउने देखि सामाजिक संजालमा समेत व्यस्त रहने गर्छिन।

उनी बेला-बेलामा फेसबुक लाइभमा आफ्नो विचार पोख्ने गर्छिन जुन केहि क्षणमा नै भाईरल हुने गर्छ। उनी भन्छिन, ‘पहिला म मात्रै देशको बारेमा बोल्ने माता थिए। तर अहिले भने धेरै माता आएका छन्।’

उनले अहिलेसम्म नेपालका नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपतिहरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायिका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनी बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापाको योग एकदमै राम्रो रहेको पनि उनी बताउछिन।

सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सबितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनी अहिले देश विदेशमा नेपाली माता जीको नामबाट प्रख्यात छिन। उनी केहि दिन अघि दुबई भ्रमणबाट फर्किएकी छिन्। धेरै राजनीतिज्ञ व्यक्तिको भविष्यवाणी गरिसकेकी सबिता माताले यसपटकको कुराकानीमा भ्रष्टचार अभियान्ता ज्ञानेन्द्र शाहीको भविष्यवाणी गरेकी छिन्।हेर्नुहोस भिडियोमा सबिता माताले गरेको भविष्यवाणी……

प्रतिक्रिया

सम्बन्धित समाचारहरू