ज्ञानेन्द्र शाहीलाई दाङमा पनि प्रवेश निषेध !

admin

काठमाडाैं १ भदाै : आफूलाई भ्रष्टाचार विरोधी नागरिक अभियन्ता भन्ने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही)लाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठनले दाङ प्रवेशमा पनि निषेध गरेको छ । वाइसिएल दाङका इन्चार्ज सरोज पन्त र जिल्ला अध्यक्ष खगेश्वर घर्ती ‘बादल’ ले विज्ञप्ति निकालेर शाहीलाई दाङ प्रवेशमा निषेध गरिएको जनकारी दिएका छन् । यसभन्दा अघि नेकपाका भ्रातृ संगठनहरुले शाहीलाई कास्की र धनुषा प्रवेश निषेध गरी सकेको छ ।


नेकपाका स्थायी समिति सदस्य एवं संस्कृति तथा पर्यटन उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगन्ज विमानस्थलमा भएको दुर्व्यवहार गणतन्त्र र परिवर्तन विरोधी भएको जारी विज्ञप्तिमा उल्लेख छ । ‘स्वतन्त्र समूहको नाममा राजावादीको पैसा खाएर मुलुकमा अस्थिरता पैदा गर्न खोज्ने ज्ञानबहादुर शाहीहरू जस्ता प्रतिगामी तत्त्वहरूलाई राष्ट्रिय युवा सङ्घ नेपालले जस्तो सुकै हालतमा पनि प्रतिकार गर्ने कुरा अवगत गराउन चाहन्छौँ । साथै ज्ञानबहादुर शाही लगाएताका प्रतिगामी तत्त्वहरूलाई दाङ जिल्ला प्रवेशमा निषेध गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

शनिबार नेपालगञ्बाट काठमाडौं आउनेक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडानमा एक घण्टा ढिलाई भएको भन्दै शाही लगायतका समुहले गाली गलौज गरेका थिए । सोही बिषयमा मन्त्री भट्टराईले आफ्नो कारणले जहाज १५ मिनेट मात्रै ढिलो भएको स्पष्टीकरणमा भनेका छन् । साथै उनले माफी पनि मागिसकेका छन् । शाहीले मन्त्री भट्टराईले दिएको स्पष्टिकरणको खण्डन गर्न आइतबार आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबीच झडप समेत भएको थियो ।

प्रतिक्रिया