ज्ञानेन्द्र शाहीले सोचेका होलान् म रवि लामिछाने बराबर भएको छु !(विचार)

admin

हामी आफुलाई गणतन्त्रका शेर, पाटेबाघ ठान्दछौ । गणतन्त्रका शेरहरु पाटेबाघहरु चुपचाप बस्दाखेरी कहिले काही स्यालहरु, बादरहरुले हो हल्ला गर्दारहेछन । कहिले काही स्यालहरु, बादरहरुले गणतन्त्रका पाटेबाघ, शेरहरुलाई बाहिर होहल्ला गरेर जिस्काउदा गणतन्त्रका पाटेबाघहरु, शेरहरु आफ्नो बासस्थानबाट बाहिर निस्कनु स्वभाविक नै हो ।

हामी आफुलाई गणतन्त्रका शेर, पाटेबाघ ठान्दछौ । गणतन्त्रका शेरहरु पाटेबाघहरु चुपचाप बस्दाखेरी कहिले काही स्यालहरु, बादरहरुले हो हल्ला गर्दारहेछन । कहिले काही स्यालहरु, बादरहरुले गणतन्त्रका पाटेबाघ, शेरहरुलाई बाहिर होहल्ला गरेर जिस्काउदा गणतन्त्रका पाटेबाघहरु, शेरहरु आफ्नो बासस्थानबाट बाहिर निस्कनु स्वभाविक नै हो ।

आज नेपालमा गणतन्त्र माथी जुन खालको चौतर्फी प्रहार भैरहेको छ, राज्यको व्यवस्था माथी नै जुन खालको चौतर्फी घेराबन्दी गर्ने काम भएको छ । खासै यो धेरै शक्तिशाली घेराबन्दी पनि होईन सामान्य हो जोकि हिजो २५० बर्ष सम्मा सत्ता र शासन चलाएका सामन्तीहरु अहिले आठ दश बर्ष नागार्जुनको जंगलमा बस्नु र तिनका सहयोगीहरुले काट्टो खाना नपाउनुको पिडा हो ।

केहि समय यता राज्यव्यवस्था माथि चुनौती दिनको निम्ती केहि स्यालहरु, बादरहरु सल्बलाईरहेका छन । यो राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ, संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्नुपर्छ र हामीले राजतन्त्र ल्याउनुपर्छ भन्दै लाखौ करौडौ गणतन्त्रबादिका शेरहरुलाई जिस्काउने कुचेष्टा गरिरहेका छन । त्यो एउटा तिनीहरुको दिवा सपना मात्रै हो कहिले पनि पुरा हुदैन ।

यतिबेला शुभ श्राद्ध चलिरहेको छ । सोह्र श्राद्धमा हामीले पृतहरुलाई सम्झिने गर्छौ । उहाँहरुले पनि मरेका पृत आत्माहरुलाई सम्झि दिए पनि हुन्थ्यो नी । तर ल्याउने रे, फिर्ता नै ल्याउने रे, मानौकी हामीले पनि हाम्रा जिजु बाजेहरुलाई चिहानबाट उठाएर हुन्छ की, खरानीको डल्लाबाट मान्छे बनाएर हुन्छ की ल्याउनै पर्यो रे, यो सोह्र श्राद्ध भित्र नै राजालाई ल्याउनु पर्यो गणतन्त्रका बदलामा राजतन्त्र ल्याउनु पर्यो रे, यो सोह्र श्राद्ध पृतहरुकै श्राद्धमा तिनीहरुलाई राजा चाहियो रे, यस्ता कुराहरु गणतन्त्र बिरोधी स्याल कुकुरहरुले चोक चोकमा हो हल्ला गरिरहेको सुन्न पाइन्छ ।

लेखक : खगेन्द्र हमाल

यस्तो कुरा कसले गरेको छ भने बालकृष्ण न्यौपाने नाम गरेका एकजना बयोवृद्ध बाजे । त्यो बयोवृद्ध बाजे हिजो कम्युनिस्ट आन्दोलनलाई दबाउनको लागी आन्द्रादेखिको बल लगाएर, आन्द्रा नै चुड्ला भुडी नै पुट्ला जस्तो गरेर नाईटो नै बाहिर निस्कला जस्तो गरि कम्युनिस्टहरुको विरुद्धमा लागेको एउटा बयोबाजे हो । त्यो बाजेलाई अहिले चिच्याई चिच्याई किन बोल्नु परेको छ ? घाटिको नशा फुट्ने गरि किन बोल्नु परेको छ ?

बालकृष्ण न्यौपाने त्यो पञ्चायती मण्डलले बाजेलाई लागेको होला कहिले राजा आउला र काट्टो खाना पाईन्छकी भन्ने । तपाईहरु अनामनगर गएर हेर्न सक्नुहुन्छ राजा महाराजाका मण्डललेहरुले काट्टो खानाकै लागी एउटा घर नै बनाएका छन । त्यस कारण बालकृष्ण न्यौपाने बाजेलाई म आग्रह गर्न चाहान्छु र भन्न चाहान्छु । बाजे अब तपाईंले राजाको काट्टो खाने दिन गए ।

आफ्नो घरमा नाति नातिनाहरुलाई ला ला ला भन्दै खेलाएर बस्नुहोस, पत्रपत्रिका समाचारहर पढ्नुहोस, फेसबुक चलाएर बस्नु होस । यो सोह्र श्राद्धभित्र मेरो पृतलाई जगाउछु । मेरो पृतलाई मसानघाटबाट जगाएर ल्याउछु भन्ने तपाईले सपना नदेख्नुहोस बाजे । यस्ता सपनाहरू देख्नुभयो भने बाजे तपाईंले बोल्दा बोल्दै तपाईका दातहरु उछिट्टिन सक्छन त्यसैले बालकृष्ण न्यौपाने बाजेलाई घरमै बसेर आराम गरन अनुरोध गर्दछु ।

अर्का एकजना डा.साव हुनुहुन्छ उहाँले चाही बनारसबाट नक्कली सर्टिफिकेट लिएर डाक्टर भएको रे । बजारमा ब्यापक चर्चा छ । उहाँले डाक्टरको उपाधि पढेरै पाएको होकि के हो ? सुरेन्द्र भण्डारी नाम गरेका एकजना जन्तु उहाँले आफुलाई डाक्टर डाक्टर भन्नुहुन्छ । राजाको पालामा त कति राम्रो काम भएको थियो । राजा नल्याए सम्म देश नै बन्दैन भनेर बुरुक बुरुक उफ्रेर कराउदै हुनुहुन्छ । २५० बर्षसम्म राजाले के केरा खाएर बसेका थिए ? के हेरेर बसेका थिए २५० बर्ष सम्म राजाले ? यिनै सामन्ती राजा महाराजाहरुको पालामा कर्णालीका, पहाडका जनताहरु आठ नौ दिन हिडेर नुन लिनलाई नेपालगन्ज, बुटवलमा आउनु पथ्र्यो ।

पहाडका जनताले एउटा सिटामोल खान नपाउने । पखाला लागेर मान्छे मर्नु पर्ने यीनि सामन्ती राजाहरुलाई घोडा चढेर गाउँ गाउँमा घुम्नुपर्ने, हेलिकप्टर चढेर भ्रमण गर्नुपर्ने । २५० बर्ष सम्म राजतन्त्रले के हेरेर बसेको थियो ? उनीहरुलाई देशविकास गर्ने कुनै अवसर नै थिएन ? राजाले नेपाली जनतालाई के खुशियाली ल्याए ? अनि बनारस गएर फर्जी डाक्टरको नक्कली कागजपत्र लिएर राजतन्त्र चाहियो रे गजेडिका सन्तानहरुलाई ।

गाजाको तालमा कहिले ट्राफिक पोलिसलाई धम्की दिने कगिले एयरपोर्टमा सुरक्षाका लागि खटिएका प्रहरी माथी हातपात गर्ने । गजेडी पारसलाई नेपाली जनताले राम्रोसँग चिनेका छन । हिजो अस्ति मात्रै तपाईहरुले पनि देख्नुभयो होला गाजाको तालमा पुरै साप बेरिए जस्तो हातखुट्टा र कम्मर बटार्दै मन्दिर गएर मन्दिरमा धजा बाध्ने, सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने जस्ता कुपात्रहरुले चाही राजा आउ देश बचाउ भनेर नारा लगाउने ।

अनि खाडिमा, विदेशमा, साउदी अरवबमा, कतारमा, मलेसियामा ९० डिग्री घाममा दुःख गरेर बसेका नेपाली मित्रहरु फ्रस्ट्रेसनमा हुनुहुन्छ जोकि नेपालको सम्झनामा बसिरहनुभएको छ । उहाहरुलाई भन्दिने राजा पक्कै आउछन । राजालाई तिन करोड नेपाली जनताको साथ छ भनेर कठै मण्डलले दुःखी पृत आत्माहरु..।

उहाँहरुले फेसबुक लाईभ गर्नुहुन्छ, एक दुई हजार जनाले मुस्किलले हेर्नुहुन्छ । गाली र तालिका एक डेढ सय कमेन्ट हुन्छन । भन्नुहुन्छ तिन करोड जनताले हेर्नुहुन्छ । हामीलाई तिन करोड जनताको माया र साथ छ । कोहो तिन करोड जनता भनेको ? के हामी चाही मुर्दा हो ? अनि हामी चाही आर्यघाटमा बिसर्जन गरेर राखेको लास हो ? त्यसकारण ज्ञाने माईलाको दास हुनको निम्ती, ज्ञाने माईलाको पुर्खाको काट्टो खानाको निम्ति र ज्ञाने माईलाको पाउमा ढोगेर दशैको एकथोपा टिका थापेर खाममा ५० रुपैयाँ पाउनको निम्ति राजतन्त्र ल्याउनुपर्छ भन्नेहरुलाई नाङ्गेझार पार्नुपर्छ । तर प्रतिबन्ध चाँही लगाउन मिल्दैन उनीहरुलाई पनि मौका दिनुपर्छ ।

अर्को कुरा यो लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा मण्डलले स्यालहरु लाग्दै गर्दा म के भन्न चाहान्छु भने २७ करोडको मुर्ती चोरेर बिदेशमा बेचेर, मुर्तिजती पुराना हतियार । सुनका गजुर चोरेर बिदेशमा बेचेर त्यो पैसाले राम्रा राम्रा बन्दुक खरिद गरेर हाम्रा राष्ट्रिय निकुञ्जहरुमा गएर बाघको शिकार गरेर बाघको छाला ओढेर फोटो खिच्ने ती गद्दारका अन्धभक्तहरुलाई लाज लाग्नुपर्ने हो मन्त्री गोकर्ण बिष्टको बारेमा तनाथाम बोल्नको लागी । के मन्त्री गोकर्ण बिष्ट मुर्ती चोर हो ? गजुर चोर हो र ? तपाईं हामीलाई प्रष्ट थाहा छ यो सब चोरेर बेच्ने यिनै दलाल मण्डललेहरु नै हुन ।

अर्को कुरा ज्ञानेन्द्र शाहा राजा भएको समयमा नेपाल बायुसेवा निगमको जहाज प्रयोग गरे बापत ५ करोड रुपैयाँ तिर्न बाकी छ । माननीय पर्यटन मन्त्री योगेश भट्टराई त बुद्ध एयरको एउटा सामान्य सर्वसाधारणले बस्ने सिटमा बसेर काठमाडौ आउदै हुनुहुन्थ्यो । योगेश भट्टराईले चाहेको भए आर्मीको हेलिकप्टर मगाउन पनि सक्नुहुन्थ्यो । योगेश भट्टराईले चाहेको भए कुनै पर्यटक ब्यवसायीलाई मलाई हेलिकप्टर पठाईदिनुहोस भन्न पनि सक्नुहुन्थ्यो ।


योगेश भट्टराईले चाहेको भए राष्ट्रिय सम्पत्ती दुरुपयोग गरेर नेपाल बायुसेवा निगमको जहाज मगाउन पनि सक्नु हुन्थ्यो । तर योगेश भट्टराईले नेपाली जनताले आशु पसिना बगाएर तिरेको करको सदुपयोग गरेर एउटा बुद्ध एयरको सामान्य सिटमा बसेर काठमाडौ आउनुभयो यसको बिरोध होईन हामी सबै नेपालीले उहाँलाई बधाई दिनुपर्छ ।

बुद्ध एयर १५ मिनेट, एक, दुई घन्टा डिले हुनु यो कुनै नौलो कुरा होईन । यसलाई गिनिज बुकमा नाम लेखाउनै पर्छ जस्तो मलाई लाग्दैन । यो डिले हुने समस्या भनेको नेपालको मात्रै समस्या हो र ? विश्वका ठुलठुला शक्तिशाली देशहरुमा पनि १५ मिनेट, एक, दुई घण्टा प्लेनहरु डिले भएका प्रशस्त उदाहरणहरु पनि छन । नेपालका प्राय सबै एयरपोर्टहरु साघुँरा छन, निकै ब्यस्त छन । जहाजको प्याकेज कम छ यात्रुहरूको संख्या धेरै छ । हाम्रो नेपालको आकाश पनि अब्यवस्थित छ कतिपय ठाउँहरुमा । अर्को कुरा जहाजलाई कुन समयमा उडाउने यो डिसिजन पाईलटको हुन्छ ।

यहा प्राविधिक समस्या देखी लिएर मौसमको कुरा हुन्छ । हामीसँग जहाज कम छन । यात्रुहरुको संख्या धेरै छ । झन यो सिजन भनेको पर्यटकीय सिजन हो । भनेकै समयमा आफुले चाहेर पनि उड्न सकिदैन कहिले काही । तपाई आफ्नै देशको लुक्ला भिजिटमा जान चाहानुहुन्छ भने लुक्लाको टिकट नै पाउन गाह्रो हुन्छ हामीलाई । पोखराको टिकट पाउन गाह्रो छ, यतिबेला बिदेशी पर्यटकहरु आईरहेका छन । फ्लाइटहरु चार, पाच घन्टा डिले भैरहेका छन । अनि के जहाजभित्र लाईभ गर्दै म पत्रकार हु भन्दै भाईरल हुनाकै लागि लाईभ गर्दै हिड्नु ।

त्यसकारण ज्ञानेन्द्र शाही र सागर खड्कालाई म के भन्न चाहान्छु भने नेपालगन्जमा तपाईहरुले क्षणिक लोकप्रियता कमाएर भाईरल हुनाको लागि जुन हर्कत गर्नुभयो त्यो एकदम गलत छ । ज्ञानेन्द्र शाही के भन्नुहुन्छ भने राजा आउँछन र म प्रधानमन्त्री बन्छु । तपाईंहरुलाई मन्त्री बनाईदिउला भन्दै एकजना महिलालाई त तपाईंइलाई राजा आएमा राज्यमन्त्री बनाईदिउला सम्म भन्नु भएछ । कठै दुःखी आत्माह । त्यस्तो पनि भन्न मिल्छ ? मानौकी राजा आउने कुरा र प्रधानमन्त्री बन्ने कुरा तपाई हामी भृकुटीमण्डप तिर घुम्न गएको जस्तो सजिलो छ र ?

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउनको निम्ति १७ हजार नेपालीले बलिदान दिएका छन । हजारौ नेपालीहरुले अहिलेसम्म पनि अशक्त शरीर अंगभंग भएर कठिनाई भोगी रहनुभएको छ । १७ हजार नेपाली जनता मरेर, सामन्तीहरुको विरुद्धमा लडाइ लडेर, शान्ति प्रक्रियामा आएर, आफ्नै पार्टीका साथीहरुलाई रुवाएर असन्तुष्ट बनाएर, पार्टी फुटाएर सडकमा आन्दोलन गरेर, एमालेसग मिलेर, काङ्ग्रेससँग सहमति गरेर, गिरिजा बाबुलाई ललिपप देखाएर ल्याएको गणतन्त्र आज ज्ञानेन्द्र शाहीले फिर्ता ल्याउने रे ।

जो कि हिजो जुम्लाबाट पढ्नलाई काठमाडौ आएर काठमाडौको कलेजमा नाम निकाल्न नसकेर, बसहरुमा सिटभन्दा बढी यात्रु बोकेको खण्डमा कारबाही गर्ने अभियानमा लागेर, सुर्खेतमा एकजना ट्राफिक प्रहरी सङ्ग फाईट गरेर ऋब् पढ्न भारत छिरेका ज्ञानेन्द्र शाही ऋब् फेल भएपछि नेपाल आएर राजा ल्याउँछौ रे । हेक्का रहोस ज्ञानेन्द्र शाहीलाई जुन दिन तपाईंले गरेका कार्यहरु सार्वजनिक होलान त्यो दिन देखी नेपाली समाजमा मुख देखाउन लायक हुने छैनौँ । समय छ मान्छेमा कमि कमजोरीहरु हुन्छन समयमै सच्चिनु पर्छ ।

अर्को कुरा राजा महेन्द्रकी नातिनी श्रेया शाहलाई नेपालले नागरिकता दिएन भनेर कु प्रचार गर्ने यीनै सामन्ती राजा ज्ञानेन्द्र शाहा हुन । ज्ञानेन्द्र शाहले श्रेया शाहलाई नागरिकता दिएपछी सम्पत्ति पनि दिनुपर्छ भनेर, सम्पत्ति बाड्नु पर्छ भनेर श्रेया शाहलाई नागरिकता नदिने यीनै राजाबादी दलालहरु हुन । म त भन्छु राजा महेन्द्रकी नातिनी श्रेया शाह नेपालकी चेली हुन, नेपाली बंश हुन, यीनलाई नेपाली नागरिकता किन दिईएना ? त्यतिबेला पुर्व राजा ज्ञानेन्द्र शाहले सिडियो प्रशासन र सचिवलाई आफ्नो हातमा लिएर श्रेया शाहलाई नागरिकता पाउनबाट बन्चित गराएका हुन । अनि बाहिर प्रचार गर्न लगाईयो सरकारले नागरिकता दिएन, सिडियोले नागरिकता दिएन, सचिवले नागरिकता दिएन भनेर । वास्तवमा भन्ने हो भने श्रेया शाहलाई सम्पत्ति दिनुपर्छ भनेर ज्ञानेन्द्र शाहले नागरिकता नदिएका हुन । के यहि हो मण्डललेहरुको राष्ट्रबाद ?

यीनै राजाहरुको पालामा चारजना मान्छे एक ठाउँमा बसेर गफ गर्न पाईदैन्थ्यो । टेलिकमबाट मोबाइल नम्बर लिनको लागी मकउ को साईन चाहिन्थ्यो । मफेप्लेटिहरुमा आर्मी पुलिस पठाएर समान जफत गरिन्थ्यो । गाडीमा यात्रा गर्नको लागी परिचयपत्र बोक्नु पर्र्यो । बीपी कोईरालाले कत्रो याताना भोगे, शेर बहादुर देउवाको जिब्रोमा करेन्ट लगाईयो, बामदेव गौतम लगायत कैयौ नेपालका नेताहरुले जेल सझाय भोग्नु पर्यो । कैयौ नेताहरु यीनै सामन्तीहरुको विरुद्धमा भुमिगत हुनुपर्यो । सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली १४ बर्ष जेल बस्नु पर्यो ।

पार्टी अध्यक्ष प्रचण्डले शसस्त्र आन्दोलन गरेर १० बर्षे राजनीति व्यवस्था परिवर्तनको लडाई लड्नुभयो । कम्ता गाह्रो थियो राजाको पालामा । आज यीनि दलालहरुले जहाजभित्र गएर लडाइ गर्न पाएका छन, हो हल्ला गर्न पाएका छन । किनभने गणतन्त्रले केहि न केहि छुट दिएको छ । यो व्यवस्था त्यत्ती कमजोर छैन । हेक्का रहोस सामान्तबादका दलालहरुलाई यदि तिमीहरुले यो व्यवस्था माथि आक्रमण गर्ने कुचेष्टा गर्यौ भने त्यो तिमीहरुको दिवा सपना मात्रै देख्दैछाँै ।

अन्तिममा …….
माननीय मन्त्री योगेश भट्टराईले यदि कानुनले छोड्न मिल्छ भने त्यो ज्ञानेन्द्र शाहिलाई छोडी दिनुहोस भनेर । सम्मानित प्रहरी कार्यालयले शर्त बमोजिम रिहाई गरेको थियो । रिहाई पछि बाहिर आएका ३०÷३५ जना मान्छेहरुले नाराबाजी गरेका थिए । ज्ञानेन्द्र शाहिले सोचेका होलान म रवि लामिछानेको बराबर भएको छु । नारायणी किनारमा रवि लामिछाने जीको कार्यक्रममा जति मान्छेहरुको उपस्थित भएको थियो मेरा पनि त्यतिकै समर्थक देखिने छन ।

नारायणीको त्यो भिड भित्र सुटुक्क घुसेर, एउटा महिलाले सुटुक्क माला दिएर त्यो माला हातमा लिएर यता उता दाया बायाँ हेरेर सुटुक्क घाँटिमा आफै माला लगाउने शाही जीलाई हेक्का रहोस ललितपुरमा विद्यार्थी साथीहरूले ढाड सेकाएर बाजा बजाएर लखेटेको उदाहरण धेरै पुरानो भएको छैन । हिजो अस्ति नै हो । केहि जिल्लाहरूमा ज्ञानेन्द्र शाहीलाई प्रतिबन्ध लगाईएको छ यो एउटा जनताको आक्रोश हो । नेताहरूले पनि यो बारेमा सोधबुझ गरेर राम्रो मुल्यांकन गर्नुपर्छ । प्रतिबन्ध चाँही लगाउनु हुँदैन एकपटक सुर्धिने अवसर दिनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू