ज्ञानेन्द्र शाही र मेयर द्वारिकलाल अब भ्रष्टाचारी बिरुद्ध एकजुट हुने (भिडियो)

मनिषा थापा

पिएनपिखबर : अहिलेको सर्वाधिक चर्चामा रहेको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी र भ्रष्टचार विरुद्ध अभियान चलाउदै आएका ज्ञानेन्द्र शाही एकैसाथ मिडियामा देखिएका छन्।

पछिल्लो समय मेयर चौधरी र अभियान्ता शाही दर्शकको आँखामा परेका छन्। दुवैको लक्ष्य भनेको भ्रष्टचारको अन्त्य गर्नु हो।

शाहीले कुराकानीको क्रममा मेयर चैधरीले गरेको कार्य उल्लेखनीय रहेको बताउदै भने, ‘सरकारमा उनी दियो बनेर आएका छन्। जनताको प्रतिनिधि कस्ता हुन्छन भन्ने कुरा चौधरीबाट अरु मेयरले पनि सिक्नु पर्छ।’

यसैबीच चौधरीले केहि पत्रकारले पित्त पत्रकारिता गरिरहेको भन्दै गुनासो गरे। यस अभिव्यक्तिलाई शाहीले पनि समर्थन जनाएका छन्। शाहीले आफुले पनि केहि पत्रकारले गर्दा जेल जानुपरेको उल्लेख गरे।

मेयर चौधरीले हालै सार्बजनिक जग्गा र सडक मिचेर बनाइएको घर तथा टहरा भत्काउने अभियान चालेका छन् जसमा आफ्नै घरले पनि सडक मिचेको भनेर बिबाद बढेपछी मेयरले आफैले आफ्नो घरको पर्खालमा डोजर लगाएका हुन् । आफ्नैबाट डोजर चलाउने अभियान सुरु गरेपछि फेरी मेयरको प्रसंसा इटहरीबासीले गर्न थालेका छन्। यता शाही भ्रष्टचार विरुद्ध अभियान ‘नेपालका लागि नेपाली’ अभियानमार्फत देशव्यापी कार्यक्रम गर्नमा व्यस्त देखिन्छन।

हेर्नुहोस मेयर द्वारिकालाल चौधरी र भ्रष्टचार विरुद्ध अभियान्ता ज्ञानेन्द्र शाहीसँग गरिएको कुराकानी….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू