२०४६ साल पछि मात्रै युवाहरु विदेशिन बाध्य भए भन्दै दाङमा ज्ञानेन्द्र शाही

मनिषा थापा

पिएनपिखबर : ‘नेपालका लागि नेपाली’ अभियान भ्रष्टाचार विरुद्ध कार्यक्रम लिएर देशभर नै भ्रमण गर्ने योजनाका साथ अघि बढेको छ। उक्त अभियानले गत साता सुर्खेत, धनगढी हुँदै दाङमा कार्यक्रम सम्पन्न गरेको छ।

धनगढीमा आयोजित नेपालका लागि अभियानको कार्यक्रममा अभियान्ता शाहीले देशमा भईरहेको भ्रष्टाचार, बेरोजगारीको समस्याको उथान गरेका थिए। सरकारले रोजगारी सृजना गर्न नसक्दा आजको दिनमा हरेक ३ नेपाली मध्य २ जना बैदेशिक रोजगारीको लागि विदेशिनु दुखद रहेको जनाए।

उनले भने, ‘नेपाल पहिला अमेरिकाभन्दा पनि स्रोतको हिसाबले धनी थियो। पहिला धेरै औधोगिक संचालनमा थिए तर पछि कलकारखाना बन्द भए २०४६ साल पछि मात्रै युवाहरु विदेश जान बाध्य भएका हुन्।’ उनले नेपालको लागि नेपाली अभियानले बोलेर मात्र हैन गरेर पनि देखाउने बताउदै सम्पूर्ण दाङ बासीलाई एकजुट भई अगाडी बढ्न अपिल गरे।

बाँकी हेर्नुहोस भिडियोमा…

प्रतिक्रिया

सम्बन्धित समाचारहरू