झापामा भेटिए अचम्मका पुरुष माता : विना तन्त्रमन्त्र यति धेरै रोग निको पार्न सक्छन् [हेर्नुहोस भिडियो सहित्]

मनिषा थापा

पिएनपिखबर, भक्तपुर : शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का १९ वर्षीय जनम भट्टराई ‘पाथीभारा माता’को नामबाट परिचित छन्। उनी एक पुरुष माता हुन्। उनको नाम जनम भए पनि उनको नामबाट कसैले पनि बोलाउँदैनन् । उनी माथि ‘पाथीभरा माता’ चढेको विश्वास रहेका कारण सबैले ‘पाथीभरा आमा’ भनेर बोलाउने गर्छन ।

उनी पुरुष भए पनि महिला जस्तै श्रीगार गरी सजिएर बस्ने गर्छन। शिरदेखि पाउसम्म महिलाका बस्त्र, गलामा विभिन्न माला र पोते, कानमा लामा झुम्का, हातमा मेहेन्दी र चुरा, लामा नङमा नङपोलिस, ढाड छपक्कै छोप्ने कपाल छ यी पुरुष माताको। उनी भन्छन,’मलाई सजिएर बस्न पाउँदा आशिर्बाद मिलेको जस्तो लाग्छ , स्वर्गमा पुगेको जस्तो अनुभव हुन्छ ।’

उनको अनुसार, १३ महिनाको शिशु हुँदा नै उनी काम्न थालेका थिए। पाथीभरा देवीको मन्दिर पुगेर आफूले सृष्टि मागेको जनम सुनाउँछन् । नारी पहिरनमा रहेका उनी ‘पाथीभरा माता’ले दिएकाले नारी श्रृंगार लगाएको बताउँछन्

माताको रुप धारण गरेपछि घरछेउको मन्दिरमा बसेर विभिन्न रोगका बिरामी निको पारेको उनको भनाई छ । १२ वर्षदेखि माता बनेका जनमलाई जन्म दिने आमा अस्मिता भट्टराई पनि उनलाई ‘आमा’ भन्छिन् । उनी भन्छन, ‘पाथीभारा माता नेपालमा छिन्। उनलाई उजागर गर्न सकियो भने मैले भक्तजनबाट तोकेर शुल्क लिने गर्दिन।’ बाँकी हेर्नुहोस भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू