टक्सार विमानस्थल पुनःउडान सञ्चालन हुने

admin

भोजपुर, १७ असोज: बन्द भएको करीब दुई महिनापछि भोजपुरमा पुनः बिहीबारदेखि उडान सेवा शुरु हुने भएको छ । जिल्लामा रहेको एकमात्र टक्सार विमानस्थलमा गत साउन–१९ देखि उडान बन्द भएको थियो । उडान भोजपुर–काठमाडौँ, आइतबार र सोमबारवाहेक हप्तामा पाँच दिन र विराटनगर हप्तामा एक दिन (सोमवार) उडान हुने नेपाल वायुसेवा निमग भोजपुरका सहायक प्रमुख राजु मिजारले जानकारी दिनुभयो ।

भोजपुरमा उडान भर्दैै आएको ट्वीन अट्टर जहानको मर्मत गर्नुपरेकाले यसअघि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरले जनाएको छ । उडान सेवा शुरुसँगै जिल्ला अस्पतालमा उपचार हुन नसकी अन्यत्र पठाइएका बिरामी तथा अशक्तलाई सहज हुने भएको छ ।
–रासस

प्रतिक्रिया