टन्सिल राेग के हाे ? यस्ता छन् बच्ने उपाय

रिता घिसिंग

टन्सिल प्रायः केटा केटीहरुलाइ लाग्ने रोग हो तर जुनसुकै उमेरमा पनि लाग्न सक्छ्र । घाटी दुख्ने, थुक निल्दा वा खान खादा अफ्ठयारो हुने , ज्वरो आउने यो रोगका लक्षण हुन् । टन्सिल लिम्फाइड नामक एक विशेष प्रकारको तन्तुहरुको समूह हो । यो मुखको भित्री भाग जिब्रोको अन्तिम भागतिर नाकको बीचमा रहेको हाडमा रहेको हुन्छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ ।

टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो । यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ। विभिन्न कारणले गर्दा यी टन्सिलमा संक्रमण भएर सुन्निनुलाई नै टन्सिलाइटिस भनिन्छ ।

कारणहरु
जीवाणु सरेर हुन सक्छ
सामान्य ब्याक्टेरियाहरु बाट हुनसक्छ
मुख र दातको राम्रोसंग सफाई नगर्नु्
कुपोषण तथा घनावस्ती भएको ठाउमा हुनसक्छ

रोगको विकास
कान दुख्ने, टाउको दुख्ने ,सम्पूर्ण शरीर गलेको दुखेको अनुभव हुनु कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छ । मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीं यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छन् ।

जीर्ण टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने मुख मीठो नहुने सास गन्हाउने जस्ता लक्षण हुनसक्छ । यदि टन्सिलहरु अत्यन्त ठूलो भएमा यसले हाम्रो बोलीमा ,खानेकुरा निल्न, सास फेर्नमा समेत अप्ठ्यारो असजिलो अनुभव गराउन सक्छ ।

यसरी टन्सिलको संक्रमणको सही समयमा उपचार गरिएन भने विभिन्न जटिलता उत्पन्न हुनसक्छ । साथै टन्सिल वरिपरी पीप जम्मा हुनु, कोन पाक्नु ,बाथ ज्वरो आउनु, मिर्गौलाको संक्रमण हुनु र मुटुमा संक्रमण भएर मुटु सुनीने पनि हुन सक्छ । जीर्ण टन्सिललाइटिसको समयमा उपचार नभए टन्सिलको वरिपरि र टन्सिलमा पीप हुनु टन्सिलमा स्रीस्ट हुनु टन्सिलमा पत्थर बन्नु जस्ता जटिलता उत्पन्न हुनसक्छ ।

लक्षणहरु
सुरुमा बिरामीलाइ घाटीमा अफ्ठयारो हुन्छ
भोक नलाग्ने र अल्छि लाग्न सक्छ
बिस्तारै ज्वरो आउन थाल्छ
टन्सिलहरु सुनिएको र रातो रातो देखीन्छ
त्यसपछि पनि निक्लिन थाल्छ
पिप बग्ने वा सुजन हुन्छ
लिम्फमा तन्तुहरु सुनीन्छ र कडा हुन्छन्

उपचार
आराम गर्नु पर्छ
झोल कुराहरु खानु पर्छ
ज्वरो कम गर्ने र दुखाई कम गर्ने एनेल्जेसिक दिनुपर्छ
चिसो र चिल्लोबाट टाढा रहनु पर्छ ।

प्रतिक्रिया