टि–२० विश्वकप क्रिकेटको एशिया छनोट खेलतालिका सार्वजनिक

रिता घिसिंग

काठमाडौँ, ६ चैत (रासस) : सिङ्गापुरमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) टी–२० विश्वकपको एशिया छनोटको अन्तिम चरणको खेल तालिका आज सार्वजनिक भएको छ । आइसिसीले सार्वजनिक गरेको एशिया छनोटको अन्तिम प्रतियोगिता आगामी साउन ६ गतेदेखि १२ गतेसम्म सिङ्गापुरमा हुने भएको हो ।

एशिया छनोटको फाइनल चरणको प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार परेको छ । नेपालले कतारसँग आगामी साउन ७ गते खेल्नेछ । त्यस्तै दोस्रो खेलमा मलेशियासँग साउन ९, कुबेतसँग साउन ११ र सिङ्गापुरसँग साउन १२ गते खेल्नेछ ।

एशिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । ग्लोबल छनोट आगामी असोज १४ देखि कात्तिक १७ गतेसम्म युएइमा आयोजना हुनेछ ।

प्रतिक्रिया