‘टुटल’ र ‘पठाओ’लाई मान्यता दिनु गलत : ट्याक्सी व्यवसायी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : गत माघ २९ गतेदेखि शुरू भएको ट्याक्सी आन्दोलन हालसम्म चलिरहेको छ।
ट्याक्सी चालकले आफ्नो पेसालाई मर्यादित र व्यवस्थित गराउन माग गर्दै सभ्यतापुर्वक आन्दोलन शुरु गरेका हुन्। सभ्य र रचनात्मक ढंगले आवाज उठाउँदा पनि सरकारले वेवास्ता गरेको व्यवसायी एवं चालक पूर्ण तामाङको गुनासो छ।

समस्या चारैतर्फ भएपनि सरकारले दोष एकतर्फी ट्याक्सी चालकलाई मात्र दिंदै आएको तामाङले बताए। अन्य ट्याक्सी चालकलाई पनि जनतासँग बढी पैसा लिने होइन सरकारसँग माग गरौ भन्दै अनुरोध गर्दै आईरहेको तामाङको भनाई छ।

अर्का ट्याक्सी व्यवसायी संघका केन्द्रिय सदस्य राजकुमार श्रेष्ठले भने, “२०६९ सालमा ट्याक्सीको विमा र रुट परमिट लिँदा जति थियो आज ठ्याक्कै डबल छ। जसकारण ट्याक्सीको भाडा बढाउनु आवश्यक परेको हो।” उनले थपे, ‘मजदुरको नाम लिएर नारा लगाई राज्यमा पुगी मजदुरको टाउँकोको गिदीमा खेल्नु न्यायोचित कतिको छ ?’

निजी नम्बरको मोटरसाइकल र स्कुटरमार्फत यात्रु ओसार–पसार गर्ने ‘टुटल’ र ‘पठाओ’ नामक कम्पनीको वैधानिकतामाथि पनि प्रश्न उठेको छ । ‘टुटल’ र ‘पठाओ’लाई मान्यता दिनु गलत रहेको तामाङले जनाए। यसै विषयमा बोल्दै उनले भने, ‘हामी ‘टुटल’ र ‘पठाओ’को विरोध पक्कै हैन। तर ‘टुटल’र ‘पठाओ’को अबैध तरिकाको हामी विरोधी हो।’

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू