टेलरिङ गरेर दैनिकि चलाउने मिलन परियार नेपाल आइडलको टप २० मा पुग्दा दंग [भिडियोसहित]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। सर्वाधिक लोकप्रिय र सफल इनटरनेश्नल फ्रेन्चाइज गायन रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलतापछि यसको दोस्रो संस्करण प्रसारण भइरहेको छ।

नेपाल आइडलको पियानो राउन्डमा १० जना प्रस्तिपर्थीले आफ्नो प्रस्तुति दिएका थिए। त्यहीँ प्रस्तुतिको आधारमा शुक्रबार ६ जना बटम ६ मा परे भने ४ जनाको नेपाल आइडलको यात्रा सकियो। ती ४ जना प्रतिस्पर्धीमध्ये एक थिए मिलन परियार।

सबैको अपेक्षा बिपरीत मोरंगका मिलन परियार पनि नेपाल आईडलको पियानो राउण्ड अर्थात टप २० बाटै बाहिरिए । निकै नै सुमधुर आवाज भएका मिलन बाहिरिदा सामाजिक सन्जालमा नेपाल आईडलप्रति आक्रोशहरु व्यक्त भैरहेका छन् । यद्यपी उनी बाहिरिएको सत्य हो।

बिशेषत कमल खत्री जस्तो लुक्स अनि उनी जस्तै गायकी भएका मिलन परियार सबैलाई हसाईरहने व्यक्ति हुन् । नेपाल आईडलको सिजन २ मा उनी जस्तो रमाईलो मान्छे शायदै अरु थिए होला । तर उनै मिलन पनि बाहिरिदा भावुक बने अनि रोए।

नेपाल आईडलबाट बाहिरिएपछि उनले आफु अब काठमाडौंमै रहेर संघर्ष गर्ने बताएका छन्। उनको घरको आर्थिक स्थति खासै राम्रो नभएको उनले बताए। उनी जिविको पार्जन गर्न कै लागि लुगा गर्दथे। गाउने गला अनि कला भएकै कारण नेपाल आइडलमा एकचोटी ट्राइ गरम न त भन्ने मनसायले उनी अडिसन दिन पुगे। अन्तत: उनी त्यो लाखौको भिडमा छानिए। पियानो राउण्डसम्म उनी पुग्न सफल पनि भए। तर दुखको कुरा उनी पियानो राउण्डबाट बाहिरिनु पर्यो।

उनको भविष्य उनले संगीतमाने देखिसकेका छन्। त्यसैले अब उनी घर नफर्किने सोच बनाएर काठमाडौँमा नै केहि गर्ने सोचले अघि बढिरहेका छन्। उनको भनाइ र बुझाई अनुसार काठमाडौँ नै एक यस्तो ठाउँ हो जहाँ संघर्ष गरेर केहि गर्न सकिन्छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू