ट्याक्सी मिटरमा जान नमाने के गर्ने? यो नम्बरमा फोन ठोकिहाल्ने!

admin

‘कुरो ३ दिन अगाडिको हो। एअरपोर्टको इन्टरनेसनल टर्मिनलबाट कौशलटार जाउँ भनेको कोटेश्वरसम्म मिटर रे, रिङरोड कटेपछि जति उठ्छ, तेस्को डबल शुल्क रे, अनि यो ट्राफिक र नेपाल सर्कारको निर्णय रे। म त छक्क परेँ, के हो कुरो स्पस्ट पार्दिउँ त, जिम्मेवार निकायले@valleytraffic @Hello_Sarkar’ एक साताअघि ‘आजकल रमिता मात्र छ’ नामक ट्विटर ह्यान्डलबाट उपत्यका ट्राफिक र हेलो सरकारलाई मेन्सन गर्दै ट्वीटर आयो।

चार घन्टाअघि आइतबार हेलो सरकारले ट्वीटरमा जवाफ दियो- श्री ट्राफिक प्रहरी कार्यालय: यसको जवाफ दिनुहुन। धन्यवाद।दुई घन्टापछि उपत्यका ट्राफिक पनि प्रश्नोत्तरमा सहभागी भयो- सूचनाको लागि धन्यवाद। कुनै पनि ट्याक्सीले काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा प्रदान गर्दा अनिवार्य रुपमा मिटरमा जानुपर्ने व्यबस्था रहेको छ। यदि मिटरमा जान नमानेमा त्यस्ता ट्याक्सीहरुलाई सवारी ऐन बमोजिम कारवाही हुने व्यहोरा जानकारीको लागि अनुरोध छ।

 

लगत्तै उसको अर्को ट्वीट थियो-साथै कुनै पनि ट्याक्सी मिटरमा जान नमानेमा ट्याक्सी नम्बर र आफ्नो सम्पर्क नम्बर समेत उल्लेख गरि यस महाशाखाको हटलाईन नम्बर १०३ मा फोन , Facebook page (Metropolitan Traffic Police Division) र twitter (valleytraffic) मा समेत सूचना दिनुहुन अनुरोध गरिन्छ । प्रश्नउत्तरमा एक घन्टाअघि नगेन्द्र बुढाथोकी नामक ट्वीटर ह्यान्डल पनि सहभागी भए-SMS गर्न कुन नम्बर हाे? सहज र सुलभ SMS नै हुन्छ। ट्याक्सी मिटरमा जान नमाने पनि जानु पर्ने बाध्यता हुन्छ। अनि उपत्यका ट्राफिकले गुनासो सुन्ने मोबाइल नम्बर उपलब्ध गरायो- ९८५१२९५१००

 

काठमाडौं उपत्यकामा भाडाका ट्याक्सी मिटरमा गुड्न नमानेको गुनासो आइरहन्छ। गुनासो सुन्न सरकारका यी निकायले सामाजिक सन्जाललाई पनि प्रयोग गरेको देखिएपनि गुनासाका स्वरहरु बढ्दो छ। उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटा मिटरमा जान नमान्नेलाई कारबाही गरिएको बताउँछन्।‘६ वर्षअघि ट्याक्सी व्यवसायी र यातायात व्यवस्था विभागबीच एउटा सहमती भएको रहेछ। चक्रपथभन्दा बाहिर जाँदा बढीमा दुई किलोमिटरसम्म मिटरमै जानुपर्ने र त्यसपछि आपसी सहमतीमा जान सकिने त्यसमा उल्लेख रहेछ। 

 

खासमा त्यो सडकको अवस्थालाई हेरेर निर्धारण गरिएको हो। अहिले चक्रपथभन्दा निकै बाहिरसम्म राम्रा सडकहरु छन्। राम्रा सडक भएका ठाउँमा मिटरमै जानुपर्छ भन्ने हाम्रो भनाई हो। आएका गुनासालाई सडकको अवस्थाअनुसार सुन्ने गरिएको र कारबाही हुने गरेको छ’, प्रहरी उपरिक्षक सापकोटा भन्छन्।सेवाग्राहीले यस्ता गुनासा गरिरहँदा ट्याक्सी व्यवसायी आफै आन्दोलित छन्। आफुहरु पुरानो भाडादरमा सेवा दिन नसक्ने भन्दै शान्तीपुर्ण विरोध जनाईरहेका छन्। अचेल भाडाका ट्याक्सीका पछाडि लेखिएको देखिन्छ-हामीले अहिलेको समयअनुसार खर्च गर्नुपर्ने अनि सेवा दिँदा चाहीँ २०६९ सालको प्रावधानअनुसार चल्नुपर्ने ?

प्रतिक्रिया