ट्रकको ठक्करबाट एकको मृत्यु

राष्ट्रिय समाचार समिति

रुपन्देही, ७ भदौ : बुटवलको ट्राफिक चोकमा ट्रकको ठक्करबाट आज एक युवकको ज्यान गएको छ । लु२ख ६८४ नंको ट्रकले ठक्कर दिँदा पाल्पा रैनादेवी गाउँपालिका छहरा घर भएका २५ वर्षीय पूर्णबहादुर रासकोटीको ज्यान गएको हो ।

ट्रकको ठक्करबाट सोही स्थानका ३६ वर्षीय थम्मनबहादुर रासकोटी घाइते भएको प्रदेश ट्रफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते रासकोटीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया