ट्रकले किचेर हात गुमाएकी बिमला श्रीमानले समेत् साथ नदिएपछि रुँदै मिडियामा

मनिषा थापा

पिएनपिखबर : विमला विश्वकर्माको सडक दुर्घटनामा परी हात गुमाएकी छिन्। उनलाई सहाराको अति नै खाँचो परेको अबस्थामा श्रीमानको समेत् साथ छैन। रामेछाप घर भएकी विमला हाल काठमाडौँको जोरपाटीमा बस्दै आएकी छिन्। उनी घरमा श्रीमानको यातना सहन नसकेर नारायणघाटमा एक्लै सानो रोजगार गरेर बाचिरहेकी थिइन्। उनका दुई छोराहरु भने श्रीमानसँगै छन्। उनका श्रीमानलाई घट्ना बारे खबर पुग्दा समेत् कुनै चासो नदिएको विमला बताउँछिन्।

गत माघ १३ गतेको दिन नारयणघाटस्थित अफिसबाट फर्किने क्रममा कारले ठक्कर दियो। उनी बाटो मै ढलिन। त्यसपछि तत्काल ट्रकले आएर हात नै किचिदियो। उनलाई प्रहरीले नारायणघाट कै अस्पताल लगे। अस्पताल लगेको भोलिपल्ट मात्रै उनको होश आयो।

त्यहाँ उनको उपचार सम्भब नभएपछि उनको दिदिले काठमाडौँको टिचिङ्ग ल्याइन। टिचिङ्ग ल्याउँदा निकै ढिला भईसकेको थियो। हात काट्नुपर्ने डाक्टरले बताए। त्यसपछि हातलाई केहि गरि बचाउन सकिन्छ कि भन्ने आशले बिएण्डबि अस्पताल पुराइयो। तर बिएण्डबि अस्पताल लगेपछि काट्नै पर्ने भयो र काटियो। अहिले ऋण गरेको ४ लाख जति खर्च भईसक्यो।

उनका श्रीमानले विगतका दिनहरुमा रक्सि खाने कुट्ने गर्ने उनले बताइन। उनको श्रीमान परस्त्रीसँग लागेको कारण आफुमाथि यातना भएर घर छोड्न बाध्य भएको उनको भनाई छ। उनको अवस्था निकै दयानीय छ। उनको साहाराको नाममा कोहि छैनन्। उनले थप उपचारका लागि  पिएनपिमिडियामार्फत सहयोगको याचना गरेकी छिन्।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू