ट्रक दुर्घटनामा एकको मृत्यु, छ घाइते

राष्ट्रिय समाचार समिति

पाल्पा, १ कात्तिक: पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । आज साँझ लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा छ जना घाइते भएका छन् ।

गुल्मीबाट बुटबलका लागि जाँदै गरेको ट्रक दुर्घटना भई सडकबाट ४०० मिटर तल खसेको छ । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाको टोली घटनास्थलतर्फ लागेको प्रहरीका जनाएको छ ।

प्रतिक्रिया