ट्रेन र प्लेटफार्मको बीचमा फस्यो यी युवाको गर्दन (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : अहिले सामाजिक संजालमा एक भिडियो निकै भाइरल भैरहेको छ। भिडियोमा एक जना २० बर्षिय युवा प्लेटफार्म र ट्रेनको बीचमा फसेका छन्। बास्तवमा उनको गर्दन फसेको हो। उनलाई बचाउनको लागि एक टिम धेरै कोसिस गरिरहेको देख्न सकिन्छ। उनीहरुले युवालाई निकाल्नको लागि एक उपकरणको पनि प्रयोग गरिएको देख्न सकिन्छ। करिब १० मिनेटसम्म गरिएको रेस्क्यु अपरेशनपछि उनलाई निकाल्न सफल हुन्छन।

यो घटना अर्जेन्टिनाको एक स्टेशनको हो। खबरअनुसार यस युवाको ट्रेनमा एक जनासंग झगडा परेको थियो। त्यसैक्रममा उनलाई दोस्रो व्यक्तिले धक्का दिएका थिए। त्यसपछि उनि ट्रेन र प्लेटफार्मको बीचमा झर्यो। उनको नाम जोस एलीजेन्ड्रो हुन्। उनि आफ्नो दैनिकी चलाउन फुटपाथमा समान बेच्ने काम गर्छन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया