डराएकी यी ८ बर्षिय बालिकालाई नर्सले फकाउन यसो गरिन, भिडियो भयो भाइरल

रिता घिसिंग

पिएनपीखबर : अमेरिकामा एक ८ बर्षिय बालिकाको एक भिडियो सार्वजनिक भएको छ। जसमा एक बहादुर बालिका आफ्नो उपचारका क्रममा गीत गईरहेकी छिन। साथमा एक नर्स गितार बजाईरहेकी छिन। अन्य चिकित्सक उनको उपचारका लागि उनको टेस्ट गरिरहेका छन्। समाजिक संजालमा एवीका भिडियो भाइरल भैरहेको छ। कसैले एवीका तारिफ गरिरहेका छन्। एवी जन्मदेखि नै देख्न सक्दिनन्। एवीलाई एनोफथेल्मिया नामको बीमारी छ साथै उनलाई कुपोषण पनि छ।

एवी हर्स्ट जन्म देखि नै आँखा देख्न सक्दैनन्। एवीलाई कैटी हर्स्ट नामकी एक महिलाले चीनका एक परिवारबाट एडप्ट गरेकी हुन्। एवीको उपचारका लागि जेनेटिक टेस्टिंग चल्दै थियो। यसै दौरान एवी धेरै डराइन। जब एवीलाई उनकी आमाले एडप्ट गरेकी थिइन् तब उनकी मेडिकल हिस्ट्रीका बारेमा थाहा थिएन। अहिले उनि कसैको साहारा बिना खाना पनि सक्दैनन्। उनको उपचारको लागि १० हजार डलर लाग्छ। उनको परिवार पैसा जुटाउन लागि परेका छन्।

के हो एनोफथेल्मिया ?
यस बिमारीमा दुवै आँखा हुदैन। या त दुवै आँखा सामान्य भन्दा छोटो हुन्छ। यो बिमारी गर्भावस्थाका दौरान हुने गर्दछ। जसकारण एक्स-रे, ड्रग्स, कीटनाशक जस्ता चीज हुन्छ। यसका लागि कुनै उपचार छैन। तर कुनै कुनै सर्जरीद्वारा उपचार गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू