डाक्टर नभए पनि क्यान्सर निको पार्छु भन्ने सुवासलाई लाग्यो यति ठुलो आरोप (भिडियो)

मनिषा थापा

पिएनपिखबर : ललितपुरको नख्खीपोटमा अवस्थित ग्रीन वेल्थ इन्डस्ट्रिजका कार्यकारी निर्देशक सुवास सुब्बा लिम्बुले अहिलेसम्म एचआइभी, क्यान्सर, प्यारालाइसीस पत्थरी जस्ता विभिन्न रोगहरुको उपचार गर्दै आइरहेका छन्। डाक्टरले अब ३ दिनसम्म नि बाच्दैन भन्ने बिरामीलाई समेत निको पारेको दावी गर्ने उनलाई गम्भीर आरोप लागेको छ।

उनलाई उपचार गर्दा धेरै शुल्क लिएको आरोप लागेको हो। उनले एक बिरामीसँग महिनाको ४५ हजारसम्म लिन्छन। बिरामीले उनको औषधि १० महिनासम्म खाएमा क्यान्सर निको हुने उनले दाबी गरेका छन्। उनले दीन दुखि जो आर्थिक रुपमा पुरै कम्जोर छन्। त्यस्ता बिरामीलाई उनले नि:शुल्क उपचार पनि गरेको उनको भनाई छ। उनले आफुलाई गलत आरोप लागेको र जति उठेको छ त्यसमा केहि रकम अनाथ बालबालिकाको शिक्षामा लगाएको उनले बताए। उनी छिट्टै वृद्धाआश्रम खोल्ने तरखरमा छन्।

उनी डाक्टर नभएर एक अनुसन्धान कर्ता हुन्। अस्पताल जति धाउँदा पनि निको नभएका बिरामीहरुलाई उपचार गरिसकेको उनले दाबी गरेका छन् । उनले साइकोलोजीमार्फत बिरामीले सपनामा के देखेको छ समेत भन्न सक्छन। उनले क्यान्सर देखि एचआइभी, क्यान्सर, प्यारालाइसीस, पत्थरी जस्ता रोगको उपचारका लागि बजारमा रहेको औषधि प्रयोग गर्दैनन्। उनी आफै आयुर्बेद पद्दतिबाट औषधि बनाई बिरामीको उपचार गर्ने गर्छन।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू