डाक्टर विष्णु पी सुबेदीको नयाँ गीत “जति धेरै” सार्वजनिक [भिडियो सहित]

शर्मिला गुरुङ

काठमाडौँ, २५ जेठ : डाक्टर विष्णु पी सुबेदीको आवाजमा सजिएको बिल्कुलै नयाँ गीत “जति धेरै” को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार मणि भट्टराईको शब्द रचनामा तयार भएको सार्वजनिक गीतमा रमेश अन्जन कडेरियाको संगीत र सुमन केसीको एरेन्ज रहेको छ।

गायक विष्णुको आफ्नै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियोमा अर्जुन चापागाईंको ड्रोन, रमेश बस्नेतको सम्पादन तथा छायांकन र गायक विष्णु पी सुबेदी स्वयमकै निर्देशन रहेको छ भने मोडल संजय, सृष्टि र विनोदको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया