ड्युटीमा खटिएका सैनिक जवान ड्युटी छाडेर ‘एभेन्जर्स इण्डगेम’ हेर्न हल पुगेपछि

रिता घिसिंग

एजेन्सी : दक्षिण कोरियाको राजधानी सियोलमा एक सेनाका जवानलाई थिएटर हल बाहिरबाट गिरफ्तार गरिएको छ । यहाँ एक सैनिक आफ्नो ड्युटी छोडेर तीन घण्टा लामो फिल्म ‘एभेन्जर्सः इन्ड गेम’ हेर्न पुगेका थिए । उता सेनाका अधिकारीहरुले लामो समयसम्म ती जवानलाई नदेख्दा खोजी गर्न थाले ।

पछि थाहा भयो, उनी फिल्म हेर्न गएका रहेछन् । मार्भल फिल्मका यी निकै ठूला फ्यान रहेछन् । पछि खोज्दै जाँदा उनी ट्याक्सी ड्राइभरसँग सिनेमा घर गएको थाहा हुन आयो ।

पूरै फिल्म हेरेपछि ती जवान सिनेमा घरबाट बाहिर के आएका थिए, उनी गिरफ्तार भए । जवानले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई त्यो फिल्म हेर्नु थियो, त्यसैले आफ्नो साइट छोडेर फिल्म हेर्न गएँ ।’

उनीमाथि बिना अनुमति आफ्नो ठाउँ छोडेर गएको अपराधमा छानबिन शुरु भएको छ । सेनाका प्रवक्ताले आफ्नो मिसनमा ध्यान नदिएकाले कारवाही अगाडि बढाइएको बताएका छन् । यी जवानको नाम भने गोप्य राखिएको छ । समाचारका अनुसार उनी रिपब्लिक अफ कोरिया एअरफोर्समा कार्यरत थिए ।

प्रतिक्रिया